कात्तिकसम्म मेलम्चीको पानी रोक्ने तयारी

 जेठ १८, २०७९

काठमाडौं । उपत्यकावासीले लामो प्रतीक्षापछि प्रयोग गर्न पाएको मेलम्ची खानेपानी फेरि रोकिने भएको छ । गत असार र साउनमा आएको बाढीका कारण १० महिनासम्म उपत्यकावासीले पानी उपभोग गर्न पाएका थिएनन् । मेलम्ची आयोजनाको पुनर्निर्माणपछि गत ११ वैशाखबाट उपत्यकावासीले पानी प्रयोग गर्न पाएका थिए । तर पानी प्रयोगको एक महिनापछि वर्षात् सुरु हुने संकेतका कारण मेलम्चीको पानी रोकिने भएको हो ।

मेलम्चीको पानी रोकिएसँगै अब उपत्यकाका धारामा पुरानै तालिकाअनुसार पानी आउनेछ । मेलम्चीको पानी उपत्यकामा ल्याउन रोकिए पनि आयोजनाका काम भने नरोकिने सहसचिव ढकालले बताए । १५ चैत ०७७ बाट २४ वर्ष पुरानो योजना पूरा भएपछि काठमाडौंका धारामा मेलम्चीको पानी आएको थियो । आयोजना सफल भएसँगै मेलम्चीको १७ करोड लिटर पानी उपत्यका भित्रिएको थियो ।

तपाईंको प्रतिक्रिया