उत्पादनमा जोड दिदै कुपोषणबाट बचौं: मेयर खड्का

 जेठ २०, २०७९

तुलसीपुर । तुलसीपुर । उपमहानगरपालिका जन स्वास्थ्य प्रवर्धन शाखाको आयोजनामा विद्यालयस्तरीय किशोरीहरुलाई आइरन तथा फोलिक एसिड चक्की वितरण समिक्षात्मक गोष्ठी सम्पन्न भएको छ । शाखाका प्रमुख ओमप्रकाश न्यौपानेको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खडकाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि खडकाले आर्थिक अभाव विपन्नताले पोषण नपुगेको, खानका लागि खाद्य सामग्री नभएका कारण रक्तअल्पता बढेको बताउनुभयो । उहाले रोजगारी,आत्मनिर्भर,उत्पादनमा बढाएपछि मात्रै कुपोषण नहुने, खाना संस्कृतिलाई बढावा दिने, क्यालोरीयुक्त खाना खानुपर्ने बताउनुभयो ।

उपप्रमुख स्यानी चौधरीले पालिकाभित्र रहेका दशदेखि १९ वर्षका किशोरीहरुको तथ्याङ्क लिएर पोषणयुक्त कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । कार्यक्रम प्रशासकीय अधिकृत मोहन पौडेल लगायतकाले बोल्नुभएको थियो । पालिकाभित्र २५ हजार किशोरीहरुलाई आइरन तथा फ्लोरिक एसिड खुवाइएको थियो । विष्णु गिरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन जनश्वास्थ्य निरीक्षक विमल केसिले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया