तुलसीपुरमा हाेटेलकाे स्तरीकरण गर्न सुरु

 जेठ २३, २०७९


गाेकर्ण पाैडेल, तुुुुलसीपुर ।
तुुुुलसीपुर उपमहागरपालिका भित्र रहेका हाेटेलहरुकाे स्तरीकरण सुरु गरिएकाे छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसिपुरले यश क्षेत्रमा रहेका हाेटेलहरुकाे सेवा, खाद्य वस्तु,सरसफाइलगायतका सूचाङ्कमा राखेर स्तरीकरण सुरु गरिएकाे हाे । डिभिजन कार्यालयका प्रमुख उज्ज्वल रायमाझीले चार क्षेत्रमा विभाजन गरेर हाेटेलहरुमा लाेगाे टास्न शुरु गरिएकाे हाे । उपभाेक्ताहरुलाई सफा,स्वस्थ, गुणस्तर युक्त खानाका लागि स्तरीकरण सुरु गरेकाेठ कार्यालय प्रमुख रायमाझीले जानकारी दिनुभयाे ।कार्यालयले गत वर्ष खाद्य सुरक्षाका लागि पानी,खाद्यान्न वस्तु,हाेटेल, डेरी,किराना पसलका एक सय साठी वटा नमुना परीक्षण गरेकाे थियाे ।

स्तरीकरण कार्यक्रमकाे उद्घाटन गर्दै नगरप्रमुख खडकाले पछिल्लाे समयमा अखाद्य वस्तु उपयाेगका कारण क्यान्सर जस्ता राेगहरु बढ्दाे क्रममा रहेकाले कार्यालयले दैनिकरुपमा अनुगमन, खाद्य वस्तुकाे ल्याब टेस्टमा ध्यान दिनुपर्ने बताउनुभयाे । उहाले खाद्य वस्तुकाे निरिक्षण गर्नुपर्ने बताउनुभयाे । कार्यक्रममा उपभाेक्ता अधिकार मञ्चका केन्द्रीय उपाध्यक्ष केशवकुमार शर्मा,उपभाेक्ता संरक्षणहित शाखाकि रेखा शर्मा लगायतकाले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।

तपाईंको प्रतिक्रिया