काठमाडौं उपत्यकाको फोहोर: नुवाकोटको बञ्चरेडाँडामा तनाव

 जेठ २५, २०७९

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा फ्याँक्ने क्रममा बुधबार स्थानीयले अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको छ । मंगलबारदेखि प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो ।

तर बुधबार पनि स्थानीयले अवरोध गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी उत्तमराज सुवेदीले बताए । स्थानीयले ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास हान्नु परेको उनको भनाइ छ ।

तपाईंको प्रतिक्रिया