बाँफिकोट गाउँपालिकाद्वारा विषयगत समिति गठन

 जेठ २५, २०७९

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँ कार्यपालिकाले ६ वटा विभिन्न विषयगत समिति गठन गरेको छ । कार्यपालिकाको दोस्रो बैठकले आर्थिक विकास समिति, सामाजिक विकास समिति , पूर्वाधार विकास समिति , वन वातावरण तथा विपद् व्यवस्थापन समिति, विद्ययक समिति , स्थानीय राजश्व परामर्श समितिकाे संयोजक ताेकेकाे प्रमुख प्रशासकीय अधिकृत दुर्गा बहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार वन वातावरण तथा विपद् व्यवस्थापन समितिको संयोजकमा पविता सुनार, संस्थागत विकास तथा सुशासन समितिको संयोजकमा कमला केसी मल्ललाई चयन गरिएको छ भने आर्थिक विकास समिति संयोजकमा रिता जैसी चयन हुनु भएको छ ।

पालिका अध्यक्ष जनककुमार बाँठा मगर लाई स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिको संयोजकमा चयन गरिएको छ । त्यस्तै उपाध्यक्ष तारा बुढा केसीको संयोजकत्वमा स्थानीय राजश्व परामर्श समिति, न्यायिक समिति र बजेत तथा कार्यक्रम तर्जुमा समिति गठन गरिएको अधिकृत ओलीले जानकारी दिनुभयो । सामाजिक विकास समितिको संयोजकमा मनबहादुर वादीलाई चयन गरिएको छ भने पूर्वाधार विकास समितिको संयोजकको जिम्मेवारी शेरु विकलाई दिईएकाे छ । ज्योतिका नेपालीलाई
विद्ययक समितिको संयोजकमा चयन गरिएको छ । कार्यपालिका बैठकले गाउँ सभाको तयारी गर्ने लगायतका निर्णय गरेको छ ।

तपाईंको प्रतिक्रिया