गर्मी बढेपछि नेपालगञ्जमा विद्यालय बन्द
दाङ । गर्मी बढेपछि बाँकेको नेपालगञ्जमा विद्यालयहरु बन्द गरिएको छ । अत्याधिक गर्मी बढेको भन्दै नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रबार भोलिदेखि यहि ३१ गते मंगलबारसम्म विद्यालय बन्द गरेको हो ।
गर्मीका कारण पठनपाठनमा समस्या भएपछि पाँच दिन विद्यालय बन्द गर्नु परेको नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्खबहादुर थापाले सूचना निकालेर जानकारी दिएका छन् ।
तपाईंको प्रतिक्रिया