सलमान खानमाथि हत्या प्रयास

 जेठ २७, २०७९

काठमाडौं । अभिनेता सलमान खानमाथि पनि हत्या प्रयास भएको मुम्बई प्रहरीको अनुसन्धानले जनाएको छ । पञ्जाबी गायक सिद्धु मुसे वालाको हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध अपराधी लरेन्स बिश्नोईले सलमानलाई पनि मार्न मान्छे खटाएको रिपोर्ट सार्वजनिक गरेकाे हाे । पूर्व सूचना पाएर सलमान बाँच्न सफल भएकोसमेत प्रहरीले दावी गरेको छ ।

बिश्नोईको आदेशमा निशानेबाज हकीको लठ्ठीमा पेस्तोल लगाएर सलमान खानलाई मार्न भनेर सलमानको घर ग्यालेक्सी अघि बसेको तर अन्तिम समयमा आएर उसले आफ्नो निर्णय परिवर्तन गरेको टाइम्स नेटवर्कले प्रसारण गरेको सूचनामा उल्लेख ।

सलमान खान बिहानै सेक्युरिटी गार्डविना साइक्लिङमा निस्कने र सोही समयमा सलमानमाथि गोली प्रहार गर्ने बिश्नोई र उनका सदस्यको योजना रहेको सार्वजनिक रिपोर्टमा भनिएको छ । तर जुन दिन निशानेबाजले सलमानमाथि गोली प्रहार गर्ने योजना बनाएका थिए सोही दिन सलमान कुनै कार्यक्रममा जानु पर्ने भएकाले प्रहरी बिहानैदेखि सलमानको घर वरपर तैनाथ भएको देखेपछि निशानेबाज आफ्नो योजना फत्ते नगरी फर्कन बाध्य भएको समेत प्रहरीको सूचनामा भनिएको छ ।

तपाईंको प्रतिक्रिया