चलचित्र पत्रकार संघ दाङको १४औं वार्षिकोत्सब

 जेठ २८, २०७९

तुलसीपु । चलचित्र पत्रकार संघ दाङ शाखाले १४औ वार्षिक उत्सव सम्मान तथा पुरस्कार वितरण कार्यक्रम गरेकाे छ । संघका अध्यक्ष शिव पुनको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो ।

अवसरमा चलचित्र पत्रकार संघका केन्द्रिय महासचिब समिर बलामी, मानब अधिकार तथा शान्ति सममाजका केन्द्रिय बरिष्ठ सभापति सुशिल बस्नेत, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, तुलसीपुर मेट्रो कजेजका प्रमुख तथा लेखक बसन्त आचार्य, नेपाल पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष तथा कलाकार केएल पीडीत, रिपोटर्स क्लब तुलसीपुरका अध्यक्ष सरद रेग्मी, पत्रकार बिमल गौतम, प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदी, चलचित्र निर्माता तथा कलाकार मनोज लामीछाने, गायक प्रकाश रेग्मी, डब्लु–डब्लु जे दाङकी सचिव सर्मीला डिसी र पत्रकार जितसागर जिएम लागएतले शुभकामना मन्तब्य राखेका थिए ।

साे अवसरमा विभिन्न माध्यमबाट चलचित्र कर्मी र रंग कर्मीका बारेमा सहयोग पु¥याउने पाँच जनालाई सम्मान र पत्रकार नारायण खड्का , आरके शितललाई पुरस्कृत गरिएको थियो । कार्यक्रमको संचालन सन्तोष केसीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया