तुलसीपुरमा कांग्रेसको असन्तुष्ट पक्षको भेला

 जेठ २९, २०७९

तुलसीपुर । स्थानिय तहको निर्वाचनमा टिकट वितरणमा असन्तुष्ट बनेको नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ को क्षेत्रिय भेला सम्पन्न भएको छ । पार्टीबाट असन्तुष्ट रहेका उनिहरुको भेला तुलसीपुर १० को गौरीगाँउ सामुदायिक बनमा शनिवार भएको हो । उनिहरुले कांग्रेसको नेतृत्वले टिकट वितरणमा मनोमानि गरेको,पार्टिमा योगदानको मुल्यांकन नगरेको स्वार्थ हावि भएको हुदा आफुहरु एक जुट भएको बताएका छन । स्थानिय तहको निर्वाचनबाट कार्यकतामा निराशा छाएको हुदा नेतृत्व नसच्चिदा सम्म यसको असर आगामि निर्वाचनमा समेत देखिने कांग्रेस नेता डिल्ली बहादुर बस्नेतले चेतावनी दिएका थिए ।


५० जना भन्दा बढि उपस्थिती रहेको भेलामा संघिय र प्रदेशसभाको निर्वाचनमा कसरी अघि बढ्ने भन्ने बारेमा समेत छलफल भएको नेता धन बहादुर केसीले जनाकारी दिए । गत बैशाख ३० मा भएको स्थानिय तहको निर्वाचनमा पार्टीले राम्रोलाई भन्दा पनि आफ्ना लाई मनोमानी तरिकाले टिकट वितरण गर्दा चुनावमा हार व्यहोर्नू परेको सहभागीहरुको निश्कर्ष रहेको केसीले जनमुखीलाई बताए ।

यसैविच उक्त भेलाले डिल्ली बहादुर बस्नेतको संयोजकत्वमा १७ सदसस्यीय पार्टिको संयोजन समिति समेत निर्माण गरेको छ । त्यस अवसरमा नेता बस्नेत, खिम प्रसाद खराल, फर्साराम भुसाल, गोपिलाल केसी, बासुदेव बस्याल, दान बहादुर खड्का, मिन कुमार देवकोटा, अर्जुन बहादुर केसी लगायतको उपस्थिती रहेको थियो । असन्तुष्ट बनेका एक सय बढिले स्थानिय तहको निर्वाचन अघि नै राजिनामा समेत बुझाएका थिए । उक्त राजिनामाबारे पार्टिले केहि निर्णय गरेको छैन ।

तपाईंको प्रतिक्रिया