घोराही उपमहानगरको प्रबक्ता राममणि पाण्डे बने

 जेठ २९, २०७९

घोराही । घोराही उपमहानगरपालिकाले विभिन्न बिषयगत समितिहरुलाई पूर्णता दिदै उपसमितिहरु गठन गरेको छ । नगरको आइतबार बसेको दोस्रो कार्यपालिका बैठकले यस अघि गठन गरिएको विषयगत समितिलाई पूर्णता दिदै विभिन्न उपसमिति गठन गरेको हो ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले वडा नम्बर १८ का अध्यक्ष भरतमणी आर्यालको संयोजकत्वमा रहेको सार्वजनिक तथा सुशासन समितिको सदस्यहरुमा शान्त सेर्पाली, बसन्ता पोख्रेल र खड्गबहादुर घर्ती, वडा नम्बर १ का अध्यक्ष राममणी पाण्डेयको संयोजकत्वमा रहेको सामाजिक विकास समिति सदस्यमा पद्मा चौधरी, शरद डिसी र दुर्गा नेपालीलाई चयन गरेको छ । यसैगरी, वडा नम्बर ११ का अध्यक्ष कुलबहादुर लामिछाने संयोजक रहेको पूर्वाधार विकास समिति सदस्यमा मानबहादुर जिसी, लिलादेवी गोतामे र केशब शाह, वडा नम्बर ७ का अध्यक्ष खोपीराम चौधरीको संयोजकत्वमा रहेको आर्थिक विकास समिति सदस्यमा मनकलाल चौधरी, कमला परियार र दिपा नेपालीलाई बैठकले चयन गरेको छ ।

वडा नम्बर १४ का अध्यक्ष भानसिंह बुढाको संयोजकत्वमा रहेको बाताबरण तथा विपद व्यवस्थापन समिति सदस्यमा राजिवराज हौजाली, मानबहादुर विक र धनीराम चौधरी, वडा नम्बर ८ का अध्यक्ष चैतुकुमार चौधरीको संयाजकत्वमा रहेको विधेयक समिति सदस्यमा बुद्धिराम शर्मा, छविलाला घर्ती र चुरामणि चौधरी रहेका छन। साथै बैठकले पर्यटन विकास उपसमितिको संयोजकमा वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेलाई चयन गरेको छ ।

उपसमितिको सदस्यहरुमा चित्रबहादुर डाँगी र चिजबहादुर चौधरी, जनस्वास्थ्य प्रबद्र्धन उपसमितिको संयोजकमा वडा नम्बर ४ का अध्यक्ष मुनाल घिमिरे र सदस्यहरुमा माया चौधरी र कृष्णा रानालाई तोकिएको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक उपसमितिको संयोजकमा कार्यपालिका सदस्य मिना बुढाथोकी र सदस्यको जिम्मेवारी माया नेपाली र रचना कुमाललाई दिईएको छ । साथै कार्यपालिका बैठकले नगरको प्रबक्ताको जिम्मेवारी वडा नम्बर १ का अध्यक्ष राममणी पाण्डेलाई दिएको छ ।

बैठकले आगामी असार ५ गते आगामी आर्थिक बर्ष २०७९/८० को नीति कार्यक्रम सार्वजनिक गर्ने र १० गते बजेट ल्याउने समेत निर्णय गरेको उपमहानगरका प्रेस संयोजक निमुसंगम घर्तीले जानकारी दिएका छन।

तपाईंको प्रतिक्रिया