शिक्षक आचार्यकाे निधन प्रति दु:ख ब्यक्त

 असार ०१, २०७९


तुलसीपुर । तुलसीपुर ११ मा रहेकाे अमर माध्यमिक विद्यालयमा कार्यरत एक शिक्षककाे निधन भएको छ । वडा नम्बर ११ जस्पुर निवासी पुष्पा आचार्यकाे बुधबार ४९ बर्षको उमेरमा साझ ५:१५ बजे निधन भएको हाे । उनी लामाे सयम देखि क्यान्सर राेगबाट पिडित थिईन ।

यसैबीच वडा नम्बर ११ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयाेजक मान बहादुर रावतले आचार्यकाे निधन प्रति गहिरो दु:ख ब्यक्त गरेका छन । समाजलाई उज्यालो तिर डाेराउने शिक्षककाे निधनले शिक्षा क्षेत्रमा अपुरणिय क्षति पुगेकाे उनले बताएका छन ।

यस्तै विद्यालयले पनि शाेक ब्यक्त गरेकाे छ । विद्यालयका अध्यक्ष खुसिराम चाैधरि र प्रधानाध्यापक पदम बहादुर वलीले आचार्यकाे निधनले विद्यालय स्तब्ध भएको बताएका छन । आज शाेक बक्तब्य जारी गरि परिवारजनमा गहिरो समबेदना समेत प्रकट गरेकाे छ । साथै भाेलि बिद्यालय परिसरमा श्रद्धाञ्जली कार्यक्रम हुने भएको छ । विहान बिब्यसकाे आकस्मिक बैठक बसि १०:३० बजे आचार्यकाे अन्तिम श्रद्धाञ्जली पश्चात अन्त्येष्टिकाे लागि शितलपुर घाटमा लगिने छ ।

तपाईंको प्रतिक्रिया