भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्य पठायो

 असार ०२, २०७९

काठमाण्डौ । भारतले नेपाललाई पेट्रोलियम पदार्थमा बढेको नयाँ मूल्यसूची पठाएको छ । नेपाल आयल निगमलाई इन्डियन आयल कर्पाेरेशन (आईओसी) ले पठाएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजलमा १९ रुपैयाँ तीन पैसा र हवाई इन्धन १९ रुपैयाँ ९१ पैसाले बढेर आएको छ ।

भारतले नेपाललाई पेट्रोलियम पदार्थमा बढेको नयाँ मूल्यसूची पठाएको छ । नेपाल आयल निगमलाई इन्डियन आयल कर्पाेरेशन (आईओसी) ले पठाएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजलमा १९ रुपैयाँ तीन पैसा र हवाई इन्धन १९ रुपैयाँ ९१ पैसाले बढेर आएको छ ।

भारतले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा घाटा रहेको निगमले दाबी गरेको छ । अहिले पेट्रोल प्रतिलिटर एक सय ७८ रुपैयाँमा बिक्री गर्दै आएकोमा अब लागत मूल्य दुई सय नाै रुपैयाँ २८ पैसा पुगेको निगमले विज्ञप्तिमा जनाएकाे छ । यस्तै डिजलमा अब प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर सात सय ५१ रुपैयाँ १४ पैसा घाटा हुने निगमले जनाएको छ ।

नयाँ मूल्यसूचीका आधारमा पाक्षिक रूपमा पेट्राेलमा ९५ कराेड, डिजलमा दुई अर्ब ९१ कराेड, हवाई इन्धन (आन्तरिक) मा ६६ लाख र खाना पकाउने एलपी ग्यासमा एक अर्ब १४ कराेड रुपैयाँ घाटा हुने निगमकाे दाबी छ । यस्तै मासिक पेट्राेलियम पदार्थमा नाै अर्ब ६३ कराेड रुपैयाँ घाटा हुने विज्ञप्तिमा जनाइएकाे छ ।

तपाईंको प्रतिक्रिया