नवनिर्वाचित जनप्रतिनिधिलाई जनज्योति माविको सम्मान

 असार ०३, २०७९


तुहिरनियापुर । जनज्योति माध्यमिक विद्यालय तुलसीपुर १३ ले आज(शुक्रबार) एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित वडाका जनप्रतिनिधिहरुलाई बधाई दिदै सम्मान गरेको छ । गत बैशाख ३० गते सम्पन्न भएको स्थानिय तह निर्वाचनबाट तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ मा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई विद्यालयले बधाई तथा सम्मान गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिराम वलीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नवनिर्वाचित वडाध्यक्ष मोहन पौडेलले विद्यालयको भौतिक र शैक्षिक गुणस्तरका लागि वडाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । वडाको सहयोग र पहलले मात्र सामुदायिक विद्यालयको स्तरोन्ती नहुने भन्दै उहाँले त्यसका लागी सबैको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । कार्यक्रममा वडा नंं.१३ का नवनिर्वाचित वडाध्यक्ष मोहन पौडेल सदस्यहरु खिमकान्त पाण्डे,बिमला सुवेदी शर्मा,बेलमति परियार र धनबिर चौधरीलाई फूलमाला र खादा लगाई सम्मान गरिएको थियो ।

विद्यालयका शिक्षक पूर्ण बहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हेमन्त बुढाथोकी वि.व्य.स.सदस्य देव बहादुर बि.क. लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक मधु नेपालीले गर्नु भएको थियो ।

तपाईंको प्रतिक्रिया