शिव परियारको ‘समुन्द्र सबै शराब भए’ सार्वजनिक

 असार ०४, २०७९

लोकप्रिय गायक शिव परियारको सुमधुर स्वर रहेको नयाँ गजल गीत ‘समुन्द्र सबै शराब भए’ सार्वजनिक भएको छ । विशिष्ट संगीतकार आलोकश्रीको संगीत रहेको गीतका शब्द हरि पौडेलले कोरेका हुन् ।

महाराज थापाको संगीत संयोजन रहेको गीत गुन्जन स्टुडियोमा रेकर्ड भएको हो । गीतको आकर्षक भिडियो समेत बनेको छ । जसमा अभिनेता आर्यन सिग्देल र श्री थपलियाको अभिनय देख्न सकिन्छ ।

निकै तामझामका साथ बनाइएको भिडियोमा एक सराबी प्रेमीले आफ्नो प्रेमिकालाई फकाउने प्रेमीकथा बुनिएको छ । थुप्रै कोरस प्रयोग गरेर आकर्षक नृत्यसहित बनाइएको भिडियोमा सुदीप बरालको छायांकन, भरत रेग्मीको सम्पादन छ । भिडियोको कोरियोग्राफी तथा निर्देशक कबिराज गहतराजले गरेका हुन् ।

तपाईंको प्रतिक्रिया