कुनै पनि शिक्षक संगठनको सदस्यता नलिनु: विद्यालय कर्मचारी परिषद्

 असार ०४, २०७९

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले विभिन्न शिक्षक संगठनहरुको सदस्यता नलिन आग्रह गरेको छ । समितिले सम्पूर्ण सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुलाई कुनै पनि शिक्षक संगठनहरुको सदस्यता नलिन आग्रह गरेको हो । अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तीनाथ योगीद्धारा हस्ताक्षरीत सूचनामा परिषद्को विधान बमोजिम सदस्यता नलिई आवश्यक सहयोग गरिदिन उल्लेख गरिएको छ ।

विद्यालय कर्मचारीहरुले विभिन्न शिक्षकका संगठनमा आवद्ध भई सदस्यता लिने गरेको हुदा परीषद्ले यस्तो अनुरोध हो ।

तपाईंको प्रतिक्रिया