तुलसीपुरमा एक युवतीमाथि सामूहिक बलत्कार

 असार ०४, २०७९

तुलसीपुर । तुलसीपुरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलत्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन । दुई जना अझै फरार रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ९ दोघरेका २४ वर्षीय शंकर विक र ३० वर्षीय कमल चौधरी रहेका छन । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दोघरेकै १८ वर्षीय अर्जुन परियार कान्छी र २१ वर्षीय अर्जुन विक भने फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तुलसीपुर उपमहनगरपालिका ५ की २५ वर्षीया एक युवतीमाथि असार २ गते राति सवा ८ बजे सामुहिक बलत्कार भएको हो । पीडित युवती सुस्त मनस्थितीकि रहेको प्रहरीले जनाएको छ । उनलाई दोघरेस्थित एक निर्माणाधीन घरमा लगेर चार जनाले बलत्कार गरेको खुलेको प्रहरीको भनाई छ ।

पिडित परिवारले चार जनाविरूद्ध इलाका प्रहरी कार्यालयमा पुगेर जाहेरी दिइसकेका छन् । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

तपाईंको प्रतिक्रिया