तुलसीपुरमा एकै दिन ४६ जनाले रक्तदान गरे

 असार ०४, २०७९

दाङ । तुलसीपुरमा एकै दिन ४६ जनाले रक्तदान गरेका छन । नगर स्तरीय युवा सञ्जाल तुलसीपुरको आयोजना, उपमहानगरपालिकाको समन्वय एवं जिल्ला युवा समितिको सहकार्यमा राप्ती प्रादेशिक अस्पतालमा रहेको ब्लड बैंकमा रक्तदान कार्यक्रम भएको हो । ‘रक्तदान जीवन दान, रक्तदान महादान’ भन्ने कुरालाई आत्मसात् गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । नगर स्तरीय युवा सञ्जाल तुलसीपुरका अध्यक्ष गणेश भण्डारीकाे अध्यक्षता तथा नगर प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हाे ।

कार्यक्रममा उपप्रमुख स्यानी चौधरी, प्रबक्ता तथा १८ नम्बरका वडा अध्यक्ष माधव वली, महिला बालबालिका प्रमुख माया श्रेष्ठ, वडा नम्बर ६ का निवर्तमान वडा अध्यक्ष नवराज लामिछाने, पवनगर रेडक्रस सोसाइटीका सभापति दोर्ण वली, उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष बिमल रिजाल, कार्यपालिका सदस्यहरु लक्षमन विश्वकर्मा र मोहन विक लगायतको सहभागीता रहेको थियो । रक्तदान तथा फलफूल वितरण कार्यक्रमलाई विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गर्नुभएको थियो ।

कार्यक्रममा ४६ जनाले रक्तदान गरेका थिए भने राप्ती प्रादेशिक अस्पतालको इमर्जेन्सीमा रहेका ४५ जना बिरामीहरूलाई फलफूल पनि वितरण गरिएको थियोे । कार्यक्रमको सहजीकरण सञ्जालकि सचिव प्रेरणा परियारले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया