तुलसीपुर नगर स्तरिय रास्ट्रपति रनिङ शिल्ड हुँदै

 असार ०४, २०७९


लक्ष्मण बस्नेत, तुलसीपुर । तुलसीपुर नगर स्तरिय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ असार ७ गते देखि सुरु हुदैछ । पशुपति माबी हरिपौरीको आयोजना तथा तुलसिपुर उपमहानगरपालिकाको संयोजनमा संचालन हुने प्रतियोगिता बेलझुण्डी रंगशाला हुनेछ ।
तीन दिन सम्म संचालन हुने प्रतियोगितामा फिल्ड तर्फ भलिबल,कबडी, छात्र/छात्रा त्यस्तै ऎथ्लेटिक्स ट्रयाक तर्फ १००,२००,४००,८००,१५००,३००० मिटर छात्र / छात्रा दौड,१०० गुणा ४०० र ४ गुणा ४०० छात्र/छात्रा रिले दौड तथा फिल्ड तर्फ हाईजम्प,लङजम्प,त्रीपलजम्प,ज्याभलिङ थ्रो र सटपुट छात्र/छात्रा बिच कडा प्रतिस्पर्धा हुने आयोजक बिधालयका प्रधानाध्यापक रुद्र बहादुर डागिले जानकारी दिनुभएकोछ ।

प्रतियोगितामा तुलसिपुर नगर क्षेत्रका सामुदायिक तथा निजि गरि दुईदर्जन बढी बिधालयको सहभागिता रहनेछ भने बिद्यालयमा कक्षा १२ सम्म अध्ययन गर्ने १८ बर्ष उमेर सम्मका छात्र/छात्रा ले मात्र भाग लिन पाउनेछ्न् । यसैबिच प्रतियोगिता आयोजनाको जिम्मा पाएको पशुपति माबी हरिपौरीले रनिङ शिल्ड प्रतियोगिताको तयारी लाई तिब्र पारेको जानकारी दिएको छ ।

तपाईंको प्रतिक्रिया