रुकुम पश्चिममा जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु

 असार ०४, २०७९

रुकुम पश्चिम । रुकुम पश्चिममा जिप दुर्घटना हुदाँ दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाकाे आठविसकोट नगरपालिका ११ मा अाज शनिबार बेलुका जिप दुर्घटना हुदाँ जिपका चालक र सहचालकको मृत्यु भएको प्रहरिले बताएको छ ।

दुर्घटनामा परेर मृत्यु हुनेमा जिप चालक बाँफिकोट गाउँपालिका ८ दुलिका कबिराम बिक र सहचालक मुसिकोट नगरपालिका ११ का कमल खड्का रहेकाे ईलाका प्रहरी कार्यालय आठबीसकोटले जानकारी दिएको छ ।

प्रहरीका अनुसार आठबीसकोट नगरपालिकाको ९ नम्वर वडा राडीबाट जाजरकोटको रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जिप शनिवार बेलुका ८ बजे दुर्घटना भएको थियो ।जिप अनियन्त्रित भएर भेरी नदिमा खसेको छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेकाे प्रहरीले बताएको छ ।

तपाईंको प्रतिक्रिया