विद्युत कार्यालयमा तालाबन्दी

 असार ०५, २०७९

तुलसीपुर । विद्युत नियमित हुनुपर्ने मागसहित विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरमा स्थानीयले तालावन्दी गरेका छन् । पछिल्लो समय तुलसीपुर क्षेत्रमा विद्युत अनियमित हुँदा समस्या भएको र मागबारे कुनै सुनुवाई नभएपछि स्थानीयले आईतबार बिहान तालाबन्दी गरेका हुन् ।

बसन्त गिरीको नेतृत्वमा विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरमा तालबन्दी गरेपछि विद्युतका कर्मचारीसहित विद्युतका लागि ध्यानाकर्षणपत्र बुझाउन गएको उद्योग वाणिज्य संघको टोली पनि कार्यालय भित्रै थुनिएको छ । विद्युत कार्यालयको चरम लापरबाहिका विरुद्ध तालाबन्दी गरिएको गिरीले बताए ।

मागका विषयमा गम्भिर नहुँदासम्म तालाबन्दी जारी रहने उनको भनाई छ । विद्युतको अघोषित लोड सेडिङका कारण ताला गर्न बाध्य भएको स्थानीयको भनाई छ । विद्युत कार्यालयमा विद्युत नियमितताको मागसहित स्थानीयको भिड लागेको छ भने कार्यालयका कर्मचारी भित्रै थुनिएका छन् ।

तपाईंको प्रतिक्रिया