रुकुम पश्चिममा भिरबाट लडेर किशोरीको मृत्यु

 असार ०६, २०७९

रुकुम पश्चिम । रुकुम पश्चिममा भिरबाट लडेर १७ वर्षीया एक किशोरीको ज्यान गएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर १ रुँघाकी अस्मिता चन्दको घर नजिकैको भिरबाट लडेर ज्यान गएको हो ।

अस्मिता आइतवार रुँघा तलिगाउँ नजिकैको भिरबाट लडेकी हुन् । त्रिभुवन जनता माध्यमिक विद्यालय मुसिकोट खलङ्गामा कक्षा ११ मा अध्ययनरत अस्मिता घरमा जम्मा भएको फोहर फाल्न गएको बेला चिप्लिएर लडेर ज्यान गएको परिवारले जनाएको छ ।

तपाईंको प्रतिक्रिया