प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा रहदै रविले गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा

 असार ०७, २०७९

काठमाडौँ । पत्रकारिताबाट राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका रवि लामिछानेले मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा नयाँ दल निर्माणको घोषणा गरेका छन् । लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्माणको घोषणा गरेका हुन् । यस्तै उनले आफ्नो पार्टीका धारणा सार्वजनिक गर्दै क्षमता भएका युवाहरूलाई आफ्नो पार्टीमा आवद्ध हुन पनि आह्वान गरेका छन् ।

साथै ती युवाहरूलाई पार्टीको माथिल्लो तहसम्म पुग्ने अवसर सिर्जना गर्ने उनले बताए । लामिछानेले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने पनि घोषणा गरेका थिए । तर निर्वाचनमा ‘राइट टु रिकल’को व्यवस्था पनि आफ्नो पार्टीको अवधारणा रहेको उनले बताए ।

उनको पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री हुने शासकीय प्रणालीको वकालत गर्ने बताए। पार्टीले कुनै पनि भ्रातृ संगठन नबनाउने र व्यापारीहरुबाट चन्दा नउठाउने घोषणा लामिछानेले गरेका छन् ।

तपाईंको प्रतिक्रिया