तुलसीपुर उपमहानगरको नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

 असार ०७, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षमा कृषि, पशु विकास तथा उद्योग व्यवसाय, रोजगारी र गरीवी निवारण नीती अगाडि सारीएको नगरप्रमुख टिकाराम खड्काले बताए । कृषिको क्षेत्रमा भूउपयोग नीति निर्माण गरि जग्गाको वर्गीकरणका साथै कृषि उत्पादनको कम्तीमा २ वटा पकेट क्षेत्र निर्धारण गरिनेछ । साथै “एक वडा –एक कृषि प्राविधिक”र एक टोल एक कृषि समूहूको व्यवस्था गरि किसानहरुलाई प्राविधिक सहयोग प्रदान गर्ने अभियानलाई निरन्तरता दिइने खड्काले बताएका छन ।

शिक्षा तर्फ साथै प्राविधिक शिक्षामा छात्राको पहुँच अभिवृद्धि गर्न तुलसीपुरका सामुदायिक विद्यालयतवाट एसईई उत्तीर्ण गरिब तथा जेहेन्दार छात्रालाई प्राविधिक शिक्षामा छात्रवृत्तिको ब्यवस्था गरिने छ ।

नगर प्नमुख खड्काले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पुर्णपाठ हेर्नुहोस

आदरणीय नगरसभाका सदस्यज्यूहरु, आ.व. २०७९÷८० को नीति तथा कार्यक्रमहरु यो सम्मानित नगरसभा समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
योजना तर्जुमाः
अध्ययन, योजना तर्जुमा र मापनः
७.“तथ्यमा आधारीत योजना तर्जुमा”९भ्खष्मभलअभ(दबकभम एयष्अिथ ःबपष्लन० को सिद्दान्तलाई आत्मसात गर्दै उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने भूगोल, समाज र अर्थतन्त्रलाई सूक्ष्म रुपमा पहिचान र दस्तावेजीकरण गर्न बृहत् वडागत प्रोफाईलिङको थालनी गर्नेछ ।
८.“मेरो नगर, मेरो नक्सा”भन्ने नाराका साथ उपमहानगरपालिका अन्तरगत पर्न आउने सबै प्रकारका जग्गा, वन, नदी, नाला इत्यादिहरुको सेटलाइट नक्सालाइ नापी विभागबाट उपलब्ध हुने कित्तावाल नक्सासँग गाँभेर कानूनी र प्राकृतिक नक्साको सगोल रुप एकिकृत डिजिटल नक्सा तयार पारिनेछ ।
९.“मेरो डाँडा, मेरो डाटा, समृद्धिको मेरो खाका”भन्ने नाराका साथ चालु र भावी आर्थिक वर्षमा गरिने कृषि, सिचाई र बजारीकरणका पूर्वाधार, अनुदान उपलब्धता र योजना तर्जुमा यस प्रोफाईलिङ मार्फत उपलब्ध हुने तथ्याङ्क र नक्साका आधारमा गरिने र उक्त योजनाहरुका प्रभावकारीता अध्ययन पनि सोही प्रोफाईलिङबाट सहजीकरण हुनेगरी व्यवस्था गरिनेछ ।

आर्थिक विकासः

कृषि
१०.भू–उपयोग नियमावली २०७९ को अवधारणामा रही कृषि प्रोफाइलिङमा आधारित कृषि सुदृढीकरण कार्यक्रमलाई मूलभूत कृषि योजनाको रुपमा प्रस्ताव गरी कृषिगत जमिनको संरक्षण र उपभोगलाई प्रोत्साहन गरिनेछ। भूउपयोग नीति निर्माण गरि जग्गाको वर्गीकरणका साथै कृषि उत्पादनको कम्तीमा २ वटा पकेट क्षेत्र निर्धारण गरिनेछ ।
११. बालीमा देखापर्ने रोग किराको प्रकोप नियन्त्रण तथा व्यवस्थापन गर्न बालीसंरक्षण सेवालाई निरन्तरता दिइने छ।
१२.“एक वडा –एक कृषि प्राविधिक”र ूएक टोल एक कृषि समूहूको व्यवस्था गरि किसानहरुलाई प्राविधिक सहयोगप्रदान गर्ने अभियानलाई निरन्तरता दिइने छ ।
१३ प्राङगारिक मलको प्रयोगमा प्रोत्साहन गरिनेछ।
१३. व्यवसायिक कृषि तथा उत्पादन र उत्पादकत्व वृद्धि गर्न किसानहरुलाई यन्त्र ,औजार लगायत प्राविधिक सहयोगलाई वडा स्तरबाटै निरन्तरता दिइनेछ।
१४. उन्नत बीउको प्रयोगलाई बृद्धि गर्न कृषकहरुलाई उन्नत वबीउको प्रयोगमा ५० प्रतिशत अनुदान उपलब्ध गराइ बीउ प्रतिस्थापन दरमा बृद्धि गरिनेछ ।
१५. कृषकको क्षमता अभिवृद्धि गर्न आवश्यकतामा आधारित प्राविधिक सेवा तथा परामर्श सेवा प्रदान गरिने छ।
१६. कृषि उत्पादन बढाउन दक्ष जनशक्ति सेवा (बिमा,तालिम,बिउबिजन)र पूर्वाधारको विकास तथा बिस्तार गरिनेछ ।
१७. कृषि उपजको न्युनतम समर्थन मूल्य निर्धारण गरि सोही अनुसार खरिद बिक्रीको व्यवस्था मिलाउने र विभिन्न स्थानहरुमा कृषि तथा पशु हाटबजारको व्यवस्था गरिने छ ।
१८. कृषि विद्युत मिटर प्रयोग गरि सिँचाइ गर्ने कृषकहरुलाई विद्युत महशुलमा छुट गरिनेछ।
१९. व्यावसायिक कृषक र कृषि समूहहरुलाई प्रोत्साहन गर्न पुरस्कृत गर्नुका साथै कृषक परिचयपत्र वितरण गरिनेछ ।
२०.घर निर्माण गर्दा कौसी खेतीको संरचना बनाउन प्रोत्साहन गरिनेछ ।

पशुविकासः

२१.पशु स्वास्थ्य सेवा प्रभावकारी बनाउन डिस्पेन्सरी सन्चालन एवं प्रयोगशालामा सुधार गरि सेवालाई निरन्तरता दिनुका साथै पशुहरुमा लाग्ने संक्रामक रोगहरु विरुद्ध खोप कार्यक्रम सञ्चालन गरिनेछ ।
२२. ’पशुपंक्षीको नश्ल सुधारः आम्दानी र रोजगारीको आधार’ भन्ने अभियानअन्तर्गत नश्लसुधारका लागि कृत्रिम गर्भाधारण कार्यक्रमलाई निशुल्क र प्रभावकारी बनाइनेछ ।साथै पशु उपचारका लागि आवश्यक औषधिहरु निशुल्क रुपमा उपलब्ध गराइने छ।
२३. आवश्यकता अनुसार बाख्रा, बंगुर,भैंसी स्रोत केन्द्रहरु स्थापना तथा पशुपालनको पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरिनेछ ।
२४. व्यवसायिक पशुपालनका लागि भकारो सुधारका साथै पशुजन्य उत्पादनको सुरक्षित भण्डारण एवं गुणस्तर कायम गरि माछामासु,दही,दुध लगायतका किसानका पशु उत्पादनलाई बजार प्रबर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछ ।
२५. मत्स्य विकासका लागि पोखरी विस्तार एवम् भुरा वितरण लगायतका कार्यक्रम सञ्चालन गरिनेछ।
२६.हरियो घाँसमा आधारित पशुपालनलाई प्रोत्साहन गर्न ५०% अनुदानमा बर्षे÷हिउदे घाँसको बीउ उपलब्ध गराउने कार्यक्रम ल्याइने छ।
२७. आधुनिक बधशाला निर्माणको काम अघि बढाइनेछ ।
२८. उत्पादनमा आधारित अनुदानको व्यवस्था गरिनेछ ।

उद्योग व्यवसाय, रोजगारी, गरिवी निवारणः

२९. लघु तथा साना उद्यम व्यवसाय, कृषि तथा पशुसेवा सम्बन्धि कुनै पनि व्यवसाय दर्ता गर्र्दा सहुलियत प्रदान गरिनेछ। साथै महिला, दलित,अल्पसङख्यक, अपाङ्गता भएका व्यक्ति, सहिद तथा जनआन्दोलनका घाइते परिवार, विदेशबाट फर्किएर स्थानीय स्तरमा कुनै व्यवसाय दर्ता गरी सञ्चालन गर्न चाहेमा सहुलियत प्रदान गरिनेछ ।
ग्रामिण क्षेत्रमा स्थापना हुने उद्योगहरुलाई व्यवसाय करमा ५०% छुट दिईनेछ।
३०.यस उपमहानगरपालिकाभित्र यसभन्दा अघि सञ्चालन भएका विभिन्न कार्यक्रम र कोषबाट लगानी भएका रकमहरु प्रचलित कानुन बमोजिम असुल उपर गरिने छ ।
३१. उद्योग व्यवसाय प्रवर्धनका लागि युवाहरुको आकर्षण बनाउन विषेश कार्यक्रम ल्याईनेछ।

३२.तुलसीपुर उपमहानगरपालिकाभित्र स्थापना हुने उद्योग तथा व्यवसायलाई दर्ता प्रक्रियाद्वारा करको दायरामा ल्याइने छ । उपमहानगरपालिकाको आर्थिक स्रोतमा वृद्धि तर्फ जोड दिईने छ ।
३३. तुलसीपुर उपमहानगरपालिकामा निर्माणाधिन दुईवटा औद्योगिक ग्रामलाई संघ,प्रदेश सरकार र निजी तथा सहकारी क्षेत्रको सहकार्यमा सम्पन्न गर्न निरन्तरता दिइने छ ।
३४. स्थानीय स्रोतसाधन,ज्ञान, प्रविधि र सीपको परिचालन गरी लघु तथा घरेलु उद्योगको लगानीमा वृद्धि ल्याउनुका साथै उत्पादित बस्तुको बजारीकरणमा सहजता ल्याइनेछ ।
३५. “प्रधानमन्त्री रोजगार कार्यक्रम”लाई ठूला आयोजनासँग जोडेर उपभोक्तामार्फत् गरिने योजना कार्यक्रममा हेभी इक्पिमेण्टको प्रयोग नगरी श्रमिकद्वारा काम गराउने नीतिलाई निरन्तरता दिइनेछ ।
३६. हिंसापिडित, विपन्न, एकल महिलाहरुलाई विशेष प्राथमिकतामा राखेर रोजगारी प्रदान, अतिगरिब परिवार पहिचान र त्यस्ता परिवारको जीविकोपार्जनका लागि तत्कालिन एवं दीर्घकालिन प्याकेज कार्यक्रमलाई निरन्तरता दिइनेछ ।समुदायमा आधारित परम्परागत पेशा व्यवसायलाई प्रवर्धन गर्न आवश्यक अनुदानको व्यवस्था गरिनेछ ।

वित्तिय संस्था तथा सहकारीः

३७. यस उपमहानगरपालिकाभित्र रहेका सरकारी तथा नीजी बैंक तथा वित्तिय संस्थाहरुसँग आवश्यक समन्वय गरी कृषि, पर्यटन, उद्योग तथा व्यवसायमा लगानी गर्न प्रोत्साहित गरिनेछ। “मेयर उद्यमी कर्जा कार्यक्रम” मार्फतवित्तीय संस्थासँग कोष साझेदारी गरी उद्यमका लागि कर्जा उपलब्ध गराइनेछ ।
३८. सहकारी संघ संस्थालाई स्थानीय कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योगको प्रबद्र्धन, स्थानीय उत्पादनको भण्डारण, प्रशोधन, प्याकेजिङ र बजारीकरणका लागि प्रोत्साहन गरिनेछ।
३९. सहकारी संघ संस्थालाई कृषि तथा पशुपन्छीजन्य उत्पादनको प्रशोधन गरी मूल्यश्रृखला विकास गर्न, ती उत्पादनको उचित मूल्य र बजार व्यवस्थापनका कृषि बजार स्थापना गर्न, र जग्गा चक्लाबन्दी, करार खेती, सामुहिक खेती, कृषि सामाग्री बिक्री पसल, पशुपालन एवं संरक्षण, माछापालन, प्रशोधनयुक्त उद्योग, डेरी सञ्चालन गर्नका लागि सहकारी संस्थाहरुको अवस्था मूल्यांकनको आधारमा प्राथमिक चरणमा चयन गरी उपमहानगरपालिकाबाट विषेश प्रोत्साहन गरिनेछ।
४०. कृषि सामग्री भण्डारण गर्न साविकका साझा सहकारी संस्थाका गोदाम मर्मत गरी सञ्चालनमा ल्याउन प्राथमिकता दिइनेछ ।
४१. सहकारी संस्थाहरुको मर्जरलाई प्रोत्साहन गरिनेछ साथै लामो समयदेखि कारोबार बन्द गरी निष्क्रिय रहेका एवं खराब अवस्था भएका संस्थाहरुको खारेजी गरिनेछ।

पर्यटन विकास

४२.पर्यटन प्रवद्र्धन गर्न “घुम्न जाउँ तुलसीपुर” अभियानलाई निरन्तरता दिदै परम्परागत कला, संस्कृति र पर्यटनको संरक्षण र विकास कार्य गरिने छ।
४३. तुलसीपुरको पहिचान सहितको गीत निर्माण गरिनेछ ।
४४. पर्यटकीय स्थलसम्म पुग्न सडकको स्तरोन्नती तथा पदमार्गहरु निर्माण गरिनेछ । थर्काेट, सुईकोट, छिल्लीकोट, चमेरे गुफा,जन्तिढुङ्गा लगायतमा पर्यटन मार्ग निर्माण गरिनेछ । पर्यटकहरुलाई गन्तव्यसम्म पुग्न सहयोगको लागि पर्यटकीय स्थल जाने बाटोहरुमा लोकेशन बोर्ड राखिने छ ।
४५. राप्ती शान्ति उद्यानलगायतका पार्क, बगैचा ताल, दहहरुको संरक्षण सम्बद्र्धन र निर्माण तथा बिस्तारकोे कार्यलाई निरन्तरता दिइनेछ ।
४६. सुकौरा गाँउ लगायत उपमहानगरपालिकाका दुईवटा गाँउलाई नमुना गाँउको रुपमा विकास गर्ने अवधारणाका साथ यस आथिक वर्षमा अवधारणा पत्र तर्जुमा र सम्भाव्यता अध्ययन गरिनेछ।
४७. उपमहानगरपालिका क्षेत्रमा अवस्थित होमस्टेहरुलाई स्तरोन्नति र व्यवस्थित गरिनेछ ।तुलसीपुरमा रहेका विभिन्न जातजाति भाषा तथा संस्कृतिको पहिचानका लागि एकिकृत नमुना संग्रहालय निर्माण गरिनेछ।
४८. “भाषा र संस्कृतिको सम्मान, लुकेको प्रतिभाको पहिचान”भन्ने नीति लिइ तुलसीपुरका ेमौलिक पहिचान बोकेका विविधतामा समेटिएका सबै जातजातिका ेभाषा, संस्कृति, साहित्यकला, नृत्यकला, गीत, संगितजस्ता विभिन्न कार्यक्रम सञ्चालन गरिने छ। परम्परागत बाजा, संस्कृति संरक्षण गर्न मादल, तबला, सारङ्गी जस्ता वाद्यवादक र संगितको प्रयोगलाई प्रवद्र्धन गरिने छ ।
४९. दाङ उपत्यकाको सभ्यताको हिसाबले महत्वपूर्ण बबई नदीको संरक्षण र विकासको लागि पहल गरिनेछ ।

सामाजिक विकास

शिक्षा

५०.तुलसीपुर मेट्रो कलेजमा लुम्बिनी बौद्ध विश्वविद्यालयको साझेदारीमा स्नातक र स्नातकोत्तर तहमा प्राविधिक विषयको पठनपाठन सुरुवात् गरिनेछ ।
५१. नेपाल संस्कृत विश्वविद्यालय ,तुलसीपुर बहुप्राविधिक शिक्षालय, राप्ती बबई बहुमुखी क्याम्पस, जनता विद्यापिठ क्याम्पस, सबै विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक पूर्वाधार सुधार गर्न शैक्षिक सुधार रणनीति तथा कार्य योजनालाई निरन्तरता दिइनेछ ।
५२. नगर भित्र रहेका सामुदायिक विद्यालयहरुलाई नमुना बनाउनका लागि पाइलटिङको रुपमा वडामा एक एक वटा तहगत नमुना विद्यालयको विकास गरिनेछ ।
५३.संघीय सरकारको शिक्षा नीतिलाई प्रभावकारीरुपमा लागु गरिनेछ।सबै विद्यालयमा स्थायी शिक्षक दरबन्दीको व्यवस्था गर्न पहल गरिनेछ र तहगतरुपमा प्रधानाध्यापकको व्यवस्था गरिने छ ।
५४. प्राविधिक शिक्षा र उच्च शिक्षामा सामुदायिक विद्यालयबाट सामुदायिक तथा सरकारी क्याम्पसमा अध्ययन गर्ने छात्रा, दलित, आदिवासी, जनजाति, सहिद परिवार, जनआन्दोलनका घाइते परिवारकालाई निःशुल्क अध्ययन अध्यापन गर्न मेयर छात्रवृित्त कार्यक्रम प्रदान गरिनेछ ।
५५. तुलसीपुर सीप विकास प्रतिष्ठानको स्थापना गर्न आवश्यक अध्ययन र समन्वय गरिनेछ ।
५६. तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका दलित छात्रा, अपाङ्गता भएका, सहिद परिवार तथा जनआन्दोलनका घाइते, अति विपन्नमध्येबाट मेडिकल, इञ्जिनियरिङ र प्राविधिक शिक्षामा स्नातक (कृषि, वन, पशु सेवा, कानुन र प्राविधिक शिक्षा) अध्ययन गर्ने एक–एकजनालाई सामुदायिक तथा सरकारी शैक्षिक संस्थामा अध्ययन गरेमा मासिक पाँच हजार छात्रवृत्ति उपलब्ध गराइने छ ।
५७. छात्राहरुलाई महिनावारी हुदा कक्षा छाड्ने, विद्यालयमा अनुपस्थित हुने प्रवृत्तिलाई निरुत्साहित गर्न र छात्रा उपस्थिति दर बढाउन उपमहानगरपालिकाले निशुल्क सेनेटरी प्याड वितरण कार्यलाइ यस बर्ष पनि निरन्तरता दिइनेछ ।साथै सम्बन्धित विद्यालयले डिस्पोजल सेन्टर निर्माण गर्ने व्यवस्था मिलाईनेछ।
५८. आवश्यकता अनुसार विद्यालयहरुमा अभिभावक शिक्षा परिचालन गरिनेछ ।
५९. बालविकास केन्द्र (भ्बचथि ऋजष्मि म्भखभयिऊभलत ऋभलतचभ) लाई सिकाईका साथै स्याहार केन्द्र (ीभबचलष्लन बलम ऋबचभ ऋभलतचभ) को रुपमा विकास गरी व्यवस्थित गरिनेछ ।
६०. यस उपमहानगरपालिकाभित्र अनुमति प्राप्त तथा अनुमति नलिई सञ्चालनमा रहेका शिशु कक्षा तथा बाल उद्यानलाई गैर नाफामूलक संस्थाकारुपमा दर्ता गरी कानूनी दायरामा ल्याई नियमन र अनुगमन गरिनेछ ।
६१. संघीय सरकारको समन्वयमा समयमै निशुल्क पाठ्यपुस्तक वितरणको व्यवस्था मिलाईने छ । विपतको समयमा समेत विद्यालय तथा विद्यार्थीको हातहातमा सजिलै पाठ्यपुस्तक तथा पाठ्यसामाग्री पु¥याउनका लागि विशेष ब्यवस्था गरिने छ ।
६२. विद्यालयहरुमा कक्षा ८ सम्म स्थानीय पाठ्यक्रमको माध्यमबाट अध्यापन गराइनेछ ।
६३. आधारभूत तहसम्म सञ्चालीत विद्यालयहरुमा इन्टरनेको ब्यवस्था गरिनेछ।
६४. बिद्यालय शिक्षाको गुणस्तर विकासको लागि अनुगमन र व्यवस्थापन क्षमता विकास गर्नेकार्य र सार्वजनिक शिक्षामा दण्डहीनतालाई निरुत्साहन गर्न दण्ड र प्रोत्साहनको व्यवस्था गरिनेछ । विद्यालय र शिक्षक अनुगमनका लागी सम्पूर्ण विद्यालयका कक्षाकोठाहरुमा ऋऋत्ख्जडान गरी सम्बन्धित प्रध्यानाध्यापक कार्यालय र उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट हेर्न सकिने व्यवस्था गरिनेछ । साथै विद्यालयहरुमा क्अजयय िःयलष्तयचष्लन क्थकतझव्यवस्थाको थालनी गरि नतिजामूलक अनुगमन तथा कार्य सम्पादनमा आधारित मूल्याकन प्रणालीको विकास गरिने छ । मूल्याङ्कनका आधारमा उत्कृष्ट शिक्षकलाई प्रोत्साहन गरिनेछ ।
६५. विद्यालयहरुको भौतिक पूर्वाधारहरु भवन, शौचालय, पुस्तकालय,ल्याब र विज्ञान प्रयोगशालाहरुको निर्माण, मर्मत सम्भार, थप सामग्रीको व्यवस्था तथा स्तरोन्नतिको कार्यलाई निरन्तरता दिइनेछ । “राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम” लगायतका माध्यमबाट विद्यालयहरुमा भौतिक अवस्थाको स्तरोन्नति, छात्रामैत्री शौचालय, विद्यालय तारवार,गुणस्तरीय रंग रोगन, बालमैत्री फर्निचरतथा अपाङ्गमैत्री वातावरणको व्यवस्था आदिलाई प्राथमिकता दिइने छ ।बहिरा बालबालिकाका लागि मावि अश्वारामा छात्रावासको विशेष व्यवस्था गरिनेछ।
६६. सामुदायिक विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्राहरुलाई समग्रमा तथा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहन गर्ने नीतिलाई अबलम्बन गरिनेछ ।
६७. कक्षा ११ र १२ मा विज्ञान विषय सञ्चालन गरेका विद्यालयलाई प्रदेश सरकारको सहकार्यमा अनुदान उपलव्ध गराईनेछ ।
६८. महिला शिक्षक सुत्केरी बिदामा रहँदा विद्यालय पठनपाठन अवरुद्ध हुन नदिन सट्टा स्वयम्सेवक (खयगिलतभभच) शिक्षकको प्रवन्ध गरिनेछ । जहाँ विद्यार्थी त्यहाँ शिक्षक अभियान सञ्चालन गरी शिक्षक दरबन्दी मिलान गरिनेछ ।
६९. खुल्ला तथा वैकल्पिक शैक्षिक कार्यक्रम, प्रोत्साहनमूलक कार्यक्रम, विभिन्न छात्रवृति वितरण, १२ कक्षासम्म निःशल्क पाठ्यपुस्तक वितरण कार्यलाई निरन्तरता दिईनेछ ।
७०. मेघा तथा ठूला विद्यालय निर्माणको अवधारणलाई अगाडि बढाउँदै आवश्यकताका आधारमा विद्यालय समायोजन र पुर्वाधार सुधारको व्यवस्था गरिनेछ ।
७१. तुलसीपर उपमहानगरपालिकाभित्र सञ्चालित शैक्षिक परामर्श सेवा, ब्रिजकोर्ष,भाषा शिक्षण,पूर्वतयारी कक्षा तथा कोचिङ कक्षाहरु अद्यावधिक गरी प्रभावकारी नियमन गरिनेछ ।
७२. एसईई र १२ कक्षाको परीक्षा दिई बसेका छात्रछात्राहरुको लागी उक्त खाली समयमा प्राविधिक सीप विकास तालिम सञ्चालन गरिनेछ ।शसाथै प्राविधिक शिक्षामा छात्राको पहुँच अभिवृद्धि गर्न तुलसीपुरका सामुदायिक विद्यालयतवाट एसईई उत्तीर्ण गरिब तथा जेहेन्दार छात्रालाई प्राविधिक शिक्षामा छात्रवृत्तिको ब्यवस्था गरिरनेछ ।
७३. प्राविधिक तथा व्यावसायिक तालिम प्रदायक नाफामुलक र गैर नाफामुलक सामूदायिक संस्थाहरुको बीचमा समन्वय, सहकार्य एवमं गुणस्तरका लागि अनुगमन कार्यलाई विशेष जोड दिइने छ ।
७४. संघिय तथा प्रदेश सरकारको समन्वयमा तुलसीपर उपमहानगरपालिकामा अवस्थित नेपाल संस्कृत विश्वविद्यालयलाई संस्कृत वाङ्मय,पूर्वीय दर्शन,आध्यात्मिक, आयूर्वेदिक, योग र पौराणिक शास्त्रहरुको अध्ययन र अनुसन्धान केन्द्रका रुपमा विकास गदै यसको समयानुकुल आधुनिकीकरण र व्यवसायी बनाउन विश्वविद्यालयसंग साझेदारी गरिने छ ।
७५. विभिन्न किसिमका अपाङ्गता भएकामध्ये (सुस्त श्रवण)र दृष्टिविहिन बालबालिकाहरुका लागि निश्चित स्थानमा आवासीय पठन पाठनको व्यवस्था मिलाइने छ ।
७६. “टिच फर नेपाल”, “चेन्जिङ स्टोरीज” लगायत शिक्षा सम्बद्ध गैरसरकारी सस्था संगको सहकार्यलाई निरन्तरता तथा विस्तार गरिने छ ।
७७. ब्ललगब िकतबतगक या भमगअबतष्यलब िचभउयचत ९ब्क्भ्च्०ले दिएको रिपोर्टका आधारमा सुधारका लागि एकिकृत विद्यालय शिक्षा सुधारका कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याईनेछ ।

स्वास्थ्य तथा पोषण

७८. नेपालको संविधान २०७२ को धारा ३५ मा व्यवस्था भए बमोजिम मौलिकहकको रुपमा रहेको गुणस्तरिय आधारभूत स्वास्थ्य सेवालाई सबै नागरिक, सवै बस्ती तथा वडा समुदायसम्म सहज पहुँचमा पुग्नेगरी प्रभावकारी रुपमा उपलब्ध गराइने छ । यसका लागि यस पालिकाको लगानीलाई थप गरि सामाजिक न्यायको सिद्धान्तमा आधारित स्वास्थ्य बिमा प्रणालीलाई विशेष प्राथमिकताका साथ लागु गरिने छ।
७९. तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरी सञ्चालनमा ल्याएको १५ शैयाको तुलसीपुर भिमसेन मेट्रो अस्पताललाई स्तरोन्नती गरि गुणस्तरीय र सर्वसुलभ उपचारात्मक तथा निदानात्मक सेवा लगायत विशिष्ट सेवाहरु सञ्चालन गरिने छ।अस्पतालमा न्यूनतम शुल्कमा उपचारको व्यवस्था मिलाइनेछ। साथै अन्य क्षेत्रमा पाँच शैयाको अस्पताल सञ्चालनमा ल्याइनेछ ।
८०.तुलसीपुर भिमसेन मेट्रो अस्पताललाई नागरिक स्वास्थ्य विमा कार्यक्रम सञ्चालन केन्द्रको रुपमा विकास गरिनेछ। अस्पतालमा नागरिकलाई सहज सुपथ मूल्यमा सदस्यतामा आधारित जनरल हेल्थ सर्भिस प्याकेज सेवा लागु गरिने छ।
८१. अति विपन्न परिवारलाई तुलसीपुर उपमहानगरपालिकाभित्रको हस्पिटल तथा स्वास्थ्य संस्थाबाट निशुल्क उपचार गर्ने व्यवस्था मिलाईनेछ।
८२.७० वर्ष नाघेकाज्येष्ठ नागरिक,तीन महिनासम्मका ेसुत्केरी बालबालिकालाई तुलसीपुर उपमहानगरपालिकाभित्र एम्बुलेन्स सेवा निशुल्क र सरकारी अस्पतालमा उपचार निशुल्क गरिनेछ ।
८३. राप्ती प्रादेशिक अस्पतालको विशिष्टिकृत सेवा सुदृढिकरणका लागि प्रदेश सरकार र अस्पताल विकास समितिसँग सहकार्य गरिने छ ।
८४. पालिकामा विभिन्न स्थानहरुमा त्रैमासिक रुपमा एकिकृत स्वास्थ्य शिविर सञ्चालन गरिनेछ भने पालिकालाई निशूल्क शल्यक्रियाका माध्यमबाट एक वर्ष भित्र मोतिबिन्दुमुक्त समाजको रुपमा रुपान्तरण गरिने छ ।
८५. मातृमृत्युदर, नवजात शिशु मृत्युदर, बालमृत्युदर घटाउनका लागि सुत्केरी पोषण प्रोत्साहन भत्ताको निरन्तरता दिइने छ ।
८६. एम्बुलेन्स सेवालाई अत्यावश्यक औषधी, अक्सिजन र दक्ष स्वास्थ्यकर्मी सहितको सेवामार्फत ब्यवस्थापन गरिने छ । सवै स्वास्थ्य चौकीहरुमा बिरामी प्रेषणका लागी एम्बुलेन्स सेवामार्फत आपतकालीन सेवा व्यवस्थापन गरिनेछ ।
८७. खाद्य परीक्षण केन्द्रको स्थापनाका लागि संघ, प्रदेश सरकार र गैरसरकारी संस्थाहरुसँग समन्वय गरिनेछ ।
८८. परिवार नियोजन, सुरक्षित गर्भपतन लगायत यौन तथा प्रजनन स्वास्थ्यलाई एकिकृत सेवाको रुपमा कार्यान्वयन गर्न स्थापना गरिएको परिवार कल्याण स्मार्ट सेवा केन्द्रलाई निरन्तरता दिई संस्थागत विकास गरिनेछ । किशोर किशोरी मैत्री स्वास्थ्य सेवालाई प्रभावकारीरुपमा सञ्चालन गर्न किशोर किशोरी सूचना तथा मनोसंकट सहयोग केन्द्र स्थापना गरिने छ ।
८९. देशको मौलिक चिकित्सापद्धतिको रुपमा आयुर्वेदको विकासमा जोड दिइने छ । अन्य परम्परागत, बैकल्पिक चिकित्सा प्रणालीहरु (योग, प्राकृतिक चिकित्सा, सोवा रिक्पा, होमियोपेथी, यूनानी आदि) को संरक्षण एवं ब्यवस्थित विकास गर्दै लगिनेछ । प्रदेशस्तरीय आयुर्वेद अस्पताल र आयुर्वेद केन्द्रीय विद्यापीठसंग समन्वय सहकार्यमा आयुर्वेद चिकित्सा सम्बन्धि अनुन्धान कार्यलाई अगाडि बढाइनेछ। प्राकृतिक श्रोत र साधन एवं जडिबुटिहरुको समुचित प्रयोग गरि प्रतिरोधात्मक, प्रबर्धनात्मक, उपचारात्मक र पुनस्र्थापनात्मक सेवा सबै नागरिकको सहज पहुँचमा पु¥याईने छ । साथै प्रादेशिक तहका आयुर्वेद अस्पतालहरुसंगको समन्वय ,सहकार्यमा वडास्तरमा नागरिक आरोग्यशाला स्थापना एवम सञ्चालन गरिनेछ ।
९०. मानसिक स्वास्थ्य समस्याको उपचार तथा रोकथामका लागि मनोचिकित्सक उपचार तथा परामर्श सेवालाई सुनिश्चित गर्दे उपमहानगरपालिका अन्तर्गत २ वटा स्वास्थ्य संस्थामा मनोपरामर्श इकाइको ब्यवस्थापन गरिने छ ।
९१. ४० वर्ष उमेरमाथिका नागरिकलाई वर्षमा कम्तीमा दुई पटक निशुल्क स्वास्थ्य जाँच गर्न अभिप्रेरित गर्ने र जाँच गरि सकेकालाई स्मार्ट हेल्थ कार्ड वितरण गरिने छ ।
९२. सिकलसेल एनिमिया रोगको रोकथाम तथा सामाजिक व्यवस्थापन तथा थालासेमिया रोगीहरुको उपचारका लागि विशेष कार्यक्रम संचालन गरिने छ ।
९३. निजी अस्पताल, पोलिक्लिनीक तथा स्वास्थ्य क्लिनिकको नीतिगत नियमन तथा सहकार्यको कार्यक्रम लागु गरिनेछ ।
९४. यातायात तथा निर्माण मजदुरलाई लक्षित गरि आधारभूत स्वास्थ्य जाँचको प्याकेज लागु गरिने छ ।
९५. स्वास्थ्य संस्थाहरुमा आधारभुत ल्याब सेवा सञ्चालन, बर्थिङ्ग सेन्टर स्थापना, आफ्नै औषधि भण्डारण भवन तथा खोप कोल्डचेन, अत्यावश्यक गुणस्तरीय औषधि, औजार तथा उपकरणको व्यवस्था गरिनेछ ।
९६.दुर तथा विकट बस्तीमा विशेषज्ञ स्वास्थ्य शिवीर तथा स्क्रिनीङ क्याम्प सञ्चालन गरिने छ ।
९७. एच.आई.भी. एड्स रोगको प्रकोपदर घटाउन सम्बन्धित संस्था तथा जोखिम समूहसंग साझेदारीको कार्यक्रम सञ्चालन गरिनेछ ।
९८. स्थानीय जडिबुटीको संकलन तथा आधारभूत आयुर्वेदिक औषधि निर्माण, वितरण तथा प्रवर्धनमा प्रदेशस्तरका आयुर्वेद अस्पतालहरुसंग सहकार्य गरिनेछ ।

खानेपानी तथा सरसफाई

९९. एक घर, एक धारा अभियानलाई सफल पार्न नगरका सबै घरधुरीमा शुद्ध र गुणस्तरीय खाने पानी पु¥याउने अभियानलाई निरन्तरता दिईनेछ । धारा पु¥याउन नसकिने स्थानमा खानेपानीको वैकल्पिक व्यवस्था गरिनेछ ।
१००. नगर क्षेत्रका खानेपानीका मुहानहरुको पहिचान, संरक्षण र व्यवस्थापन गरिनेछ ।
१०१.तुलसीपुरका विभिन्न खानेपानी आयोजनाहरुको व्यवस्थापन र सञ्चालनको नियमनलाई निरन्तरता दिइनेछ ।
१०२. सबै नगरबासीहरुलाई शुद्ध, गुणस्तरीय तथा खानेपानीमा न्यायोचित पहुँच बृद्धि गर्न संघ, प्रदेश सरकार तथा विकास साझेदारहरुसँग समन्व्य गरी खानेपानी आयोजनाहरुको विस्तार गरिनेछ ।
१०३. खानेपानी आयोजनाहरुको नियमित मर्मत सम्भारका लागि साना आयोजनाहरुमा मर्मत सम्भारमा सहयोग गरिनेछ ।
१०४. अति विपन्न परिवारलाई मासिक ५००० लिटरसम्म खानेपानी बील छुट गरिनेछ ।
१०५. तुलसीपुरलाई पूर्णरुपमा सरसफाई युक्त नगर बनाउनका निम्ति “आँहा! म मेरो शहर आफै सफा गर्छु” अभियान सञ्चालन गरिनेछ ।
१०६. तुलसीपुर बजारक्षेत्रको ढल व्यवस्थापन गरिनेछ ।निजि क्षेत्रको सहकार्यमा सार्वजनिक शौचालयको व्यवस्था गरिनेछ।

सामाजिक समावेशीकरण

१०७. तुलसीपुर उपमहानगरपालिकालाई बालश्रममुक्त, सडक बालबालिका र सडक मानवमुक्त नगर स्थापना कार्यलाई निरन्तरता दिइनेछ ।असहाय, अनाथ, बेवारीसे बालबालिकाहरुको संरक्षण तथा विषेश सुरक्षा प्रदान गर्न संघ, प्रदेश र गैर सरकारी क्षेत्र समेतको सहभागिता, समन्वय र सहकार्यलाई निरन्तरता दिदै उपमहानगरपालिका क्षेत्रभित्रका अनाथ बालबालिकालाई “उपमेयर बाल संरक्षण गृह” को निर्माण गरी अथवा सार्वजनिक विद्यालयमा उपलब्ध संरचनाको उपयोग गरी निशुल्क आवासको व्यवस्था गरिनेछ ।
१०८. लैंगिक हिंसा विरुद्धका नीति नियमहरुको प्रभावकारी कार्यान्वयन र लैंगिक हिंसा विरुद्धका प्रभावकारी अभियानहरु सञ्चालन गरिनेछ ।
१०९. लैंगिक तथा सामाजिक समावेशीकरण नीति तर्जुमा गरी महिलाहरुको शसक्तीकरण, नेतृत्व विकास, रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्धन लगायतका कार्यक्रम संचालन गरिनेछ ।
११०. तुलसीपुर उपमहानगरपालिकाको बजेट प्रणालीलाई लैगिक उत्तरदायी बनाइनेछ ।
१११. लैगिक हिंसामा परेका महिलाहरुको उपचार तथा पुनस्र्थापनाका लागि “उपमेयर महिला सुरक्षा आवास कार्यक्रम ” लाई निरन्तरता दिईनेछ । पिडित, प्रभावितलाई सीप विकास तालिम, वस्तुगत सेवाको साथै आर्थिक राहत प्रदान कार्यलाई निरन्तरता दिइनेछ ।
११२. ६० वर्ष पुगेका सबै ज्येष्ठ नागरिक र अपाङ्गता भएका सबै व्यक्तिहरुलाई परिचयपत्र वितरण कार्यलाई निरन्तरता दिदै जेष्ठ नागरीक र अपांगता भएका व्यक्तिहरुको कानुन प्रदत्त अधिकार र सेवासुविधा प्रदान गराउन सहजीकरण गरिनेछ ।
११३. संघ, प्रदेश र गैरसरकारी क्षेत्र समेतको सहभागिता, समन्वय र सहकार्यमा एकल, शारीरिक तथा मानसिक रुपमा अशक्त परिवार र संरक्षण नपाएका जेष्ठ नागरिको निशुल्क उपचार र संरक्षणको ब्यवस्था मिलाईनेछ ।
११४. राप्ती प्रादेशिक अस्पतालमा ज्येष्ठ नागरिक जेनेटरिक वार्ड स्थापना गर्न प्रदेश सरकारसँग सहकार्य गरिनेछ ।
११५.आदिवासी, जनजाति, दलित र अल्पसंख्यक समुदायले पुरातन कालदेखि गर्दै आएको पेशालाई आधुनीकीकरण, व्यवसायीकरण र प्रविधि हस्तान्तरण गर्दै उद्यमशील बनाई संरक्षण गरिनेछ ।
११६.तुलसीपुरलाई अपाङ्गमैत्री उपमहानगरको रुपमा विकास गरिनेछ । यसका लागि विशेष शिक्षा विद्यालय सञ्चालनका लागि प्रदेश सरकारसँग सहकार्य,अपाङ्गता भएका ब्यक्तिहरुले प्रयोग गर्ने सहायक सामाग्री वितरण,र अपांगहरुको सिप विकास गरी रोजगार र स्वरोजगारको सिर्जना गरिनेछ ।
११७.जातिय विभेदलाई निरुत्साहित गर्न जनचेतना मुलक कार्यक्रम सञ्चालन गरिनेछ।

युवा तथा खेलकुद
११८.स्वरोजगार कार्यक्रम मार्फत विदेश पलायन हुने युवाहरुलाई स्थानीयस्तरमै रोजगारका अवसर सिर्जना गरिनेछ ।
११९.युवा उद्यमशीलताका लागि तालिम, व्यावसायिक तथा सीपमुलक शिक्षा, ईन्टर्नशीप, स्टार्टप, युवा केन्द्रित बीउ पुँजीको व्यवस्था गरी करीब १००० युवाहरुलाई तुलसीपुरमै रोजगारीको अवसर सृजना गरिने प्रबन्ध गरिनेछ । साथै युवाहरुलाई व्यवसायमा सृजनात्मक अवधारणा विकास गर्नका लागि विभिन्न प्रतियोगिताको आयोजनाका गरिनेछ र उत्कृष्ट अवधारणालाई व्यवसाय सञ्चालनमा सहयोग गरिनेछ ।
१२०. युवाहरुलाई लागुपदार्थ दुव्र्यसन विरुद्ध सचेतना अभियान सञ्चालन गरिनेछ ।साथै दूव्र्यशनी परेको युवाहरुको उपचार,सीप प्रदानमुलक कार्यक्रम संलग्न गरिनेछ ।
१२१.युवा उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जाका लागि बैंक तथा वित्तिय संस्थासँग समन्वय गरिनेछ।
१२२. खेलकूदका पूर्वाधार तथा संरचनाहरु निर्माण गरी मेयरकप फुटबल, राष्ट्रपति रनिङ्गशील्ड प्रतियोगिता, विद्यालयभित्र अतिरिक्त क्रियाकलाप अन्तरगतका खेलकुदहरु, वडा स्तरीय प्रतियोगिताहरुलाई निरन्तरता दिइनेछ।
१२३.बिषयगत खेल प्रशिक्षकहरुको व्यवस्था गरी खेलाडीहरुलाई नियमित खेल प्रशिक्षण सञ्चालन गरिनेछ।
१२४.एक विद्यालय–एक खेल प्रशिक्षकको व्यवस्था गरी विद्यालयबाट खेलाडीहरु उत्पादनमा जोड दिइनेछ ।

पूर्वाधार विकास

सडक, पुल, यातायात

१२५.उपमहानगरपालिका भित्र निर्माण गरिने सबै सडकहरुलाई सहरी र ग्रामिण सडक जस्ता वर्गहरुमा मानकीकरण (कतबलमबचमष्शबतष्यल) गर्ने र लगतकट्टा गरी मात्र सडक निर्माण गर्ने गरि सडक सम्बन्धी राष्ट्रिय मापदण्ड अनुसार सडक गुरुयोजना तर्जुमा गरिनेछ।उक्त गुरुयोजनाको आधारमा चौडाइ अनुसारका पुल,कल्भर्टनिर्माण, ह्युमपाईप बिस्तार, बाटोको ग्राभेल लगायत स्तरोन्नति गरिनेछ ।
१२६.नगरभित्रका भित्री सडकमा उपभोक्ताको अपनत्व ग्रहण हुने गरी लाभग्राहीको लागत साझेदारीमा सम्बन्धित टोल विकास संस्थासँग समन्वय गरी सडकको निर्माण र स्तरोन्नति गरिनेछ ।
१२७.सडकहरुमा तत्काल गर्न सकिने सडक मर्मत रसम्भारका निम्ति विकास प्राधिकरणका साधन औजारहरुलार्ई प्रारम्भिक प्रतिक्रिया इकाई(भ्बचथि च्भकउयलकभ ग्लष्त) का रुपमाक्रियाशील गराइनेछ ।
१२८.नगरस्तरमा एउटा पूर्वाधार गुणस्तर मापन प्रयोगशाला स्थापना गरिनेछ ।
१२९.बायो ईञ्जिनियरिङलाई ध्यानमा राख्दै वातावरणमैत्री सडक निर्माण गरी तुलसीपुरलाई हरित शहरका रुपमा विकास गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
१३०.बजार क्षेत्रमा रहेका तारहरुलाई भूमिगत व्यवस्थापनका लागि विभिन्न निकायसँग सहकार्य गरिनेछ ।
१३१.सडक दुर्घटना न्यूनीकरणका लागि व्यवस्थित पार्किङ सडकमा जथाभावी निर्माण सामग्री तथा अन्य सामग्री राख्ने कामलाई निरुत्साहित गर्दै सचेतना कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ ।
१३२.नगर बसपार्कलाई थप आधुनिक, सुविधासम्पन्न, यात्रुमैत्री, प्रविधिमैत्री बनाई व्यवस्थित र समयानुकूल स्तरोन्नती गर्दै लगिनेछ ।
१३३.उपमहानगरपालिकाको बजार क्षेत्रमा सार्वजनिक शौचालय निर्माण र निशुल्क खानेपानी ट्याङ्कीको व्यवस्था गरिनेछ ।
१३४.तुलसीपुर उपमहानगरपालिका भित्र रउपमहानगरपालिकादेखि छिमेकी स्थानीय तहका क्षेत्रसम्म यातायात सुविधालाई विकास गर्न मेट्रो बस सम्बन्धमा छिमेकी स्थानीय तहहरुसँग समन्वय र सम्भाव्यता अध्ययन गरिनेछ ।
१३५.विद्युतीय सवारी साधनहरुको लागि चार्जिङ स्टेशनको व्यवस्थाका लागि सम्बन्धित निकायसँग सहकार्य गरिनेछ ।
१३६.एयरपोर्टलाई पहाडी जिल्लाहरुको उडानी केन्द्रको रुपमा विकास गर्नुका साथै धावनमार्ग बिस्तारका लागि सम्बन्धित निकायसँग समन्वय गरिनेछ ।
सडक पूर्वाधार नपुगेको स्थानमा सडक निर्माण गरि सडक सञ्जालसंग जोडिनेछ।
तुलसीपुर चक्रपथलाई गौरवको योजनामा सामबेश गरी निर्माण कार्यलाई निरन्तरता दिईनेछ।

सिचाई

१३७.पानी भण्डारण क्षमता बृद्धि गरी पानीका स्रोत संरक्षण गर्दै खेतीयोग्य जमिनमा सिचाई सुविधा बिस्तार गरिनेछ । आवश्यकता र क्षमता पहिचान गरी खोलाहरुमा हार्भेष्टिङ ड्याम तथा हाईड्याम निर्माण गरी सिचाई सुविधाको व्यवस्था गरिनेछ ।
१३८.परम्परागत पोखरीहरुको संरक्षण तथा विस्तार गरिनेछ । जसमध्ये गौरीगाँउ ताललाई नमुना पोखरीको रुपमा विकास गर्न बोरीङ वा लिफ्टद्ववारा पानी संकलनगरी नहर वा भूमिगत पाईप सिचाइ(ग्लमभचनचयगलम एष्उभ क्ष्चचष्नबतष्यल क्थकतझ) द्वारा सिचाईगरि पर्यापर्यटनको विकास गरिनेछ ।
१३९.पहाडी क्षेत्रमा आकाशेपानी संकलन गरी सिचाई पोखरी निर्माण गर्ने र सबै वडामा कृत्रिम ताल निर्माणको कार्यलाई प्रोत्साहित गरिनेछ ।
१४०.सम्भाव्यता र दिगोपनाको अध्ययन गरी भूमिगत सिचाई प्रणालीलाई व्यवस्थित र विस्तार गरिनेछ ।

घर, आवास, भूउपयोग तथा बस्ती विकास
१४०.दाङ जिल्ला, कर्णाली तथा लुम्बिनी प्रदेशका पालिकाहरुको समन्वयमा संघ तथा प्रदेश सरकार, सहकारी, निजी क्षेत्र र समुदायको सहकार्यमा दीर्घकालीन योजनाको रुपमासुविधा सम्पन्न मिडिसीटी (स्मार्ट सिटी, मेडिकल कलेज, अस्पताल, पार्क) निर्माणमा सहकार्य गरिनेछ ।
१४१.निर्माण भइसकेका घरहरुलाई अनिवार्यरुपमा सूचिकृत गरिनेछ । नयाँ बन्ने घरहरुलाई नक्सापासको मापदण्ड भित्र ल्याइनेछ ।नक्सापास नगरी घर बनाउने कार्यलाई निरुत्साहित गरिनेछ । नक्सापास नगर्ने घरघनीलाई उपमहानगरपालिकाबाट उपलब्ध गराउने सेवा सुविधा साथै विद्मुत पानीको सिफारिस समेत कटौति गरिनेछ ।
१४२.घ वर्गका घरहरु तथा अस्थाई निर्माण गरिने संरचनाहरुलाई पनि न्यून दरमा नक्सा पासको दायरामा ल्याइनेछ ।
१४३.भवन नक्सा पास प्रक्रियामा विद्युतिय प्रणाली अबलम्बन गरी छिटो छरितो सेवा प्रवाहलाई निरन्तरता दिइनेछ । साथै पुराना मिसिलहलाई अनलाइन प्रक्रियामा अध्यावधि गरीनेछ ।
१४४.घरहरु निर्माण गर्दा आकाशे पानी संकलन (च्बष्लथ ध्बतभच ज्बचखभकतष्लन)हुनेगरी संरचना निर्माणलाई प्रोत्साहन गरिनेछ ।
१४५.तुलसीपुर नगरक्षेत्रमा ःभतचष्अ क्तचभभत ब्ममचभककष्लन क्थकतझ लागु गरी घर नम्बर राख्ने कार्यको सम्भाव्यता अध्ययन गरिनेछ ।
१४६.तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्र भू–उपयोग नियमावली २०७९को अवधारणामा जग्गाहरुलाई कृषि, व्यावसायिक, आवासीय र औद्योगिक वर्गहरुमा वर्गीकरण गरिनेछ । नगरक्षेत्र भित्र ीबलम एययष्लिन का लागि सम्भाव्यता अध्ययन गरी आधुनिक बस्ती स्थापनाको लागि सम्भाव्यता अध्ययन गरी कार्य थालनी गरिनेछ ।
१४७.सरकारी सार्वजनिक जग्गाको संरक्षणका लागि यस पालिकाभित्रका जग्गाको डिजिटल अभिलेख तयार गरिनेछ ।
१४८.आगामी आर्थिक वर्षमा जग्गाविहिन भूमिहिन सुकुम्बासीहरुलाई भूमि समस्या समाधान आयोगसँगको सहकार्यमा लालपूर्जा वितरण गरिनेछ ।
१४९.स्थानीयस्तरमा रहेका वास्तविक सुकुम्बासीको पहिचान एवम व्यावस्थापन गरि गैरसुकुम्बासीबाट अतिक्रमण गरिएको सार्वजानिक जग्गा फिर्ता गराइने छ ।
१५०.भूमि करलाई वैज्ञानिक र प्रभावकारी बनाउनुका साथै राजश्व वृद्धिमा टेवा पु¥याउने कार्यक्रम ल्याइनेछ । पालिकाभित्रका सबै बाटोहरुको लगतकट्टा गरिनेछ ।

सूचना तथा सञ्चार

१५१.सबै शाखा, महाशाखा र वडाहरुका विचमा समन्वयकारी भूमिका निर्वाह गरिनेछ । साथै शाखा, महाशाखा र वडाहरुवाट भएका प्रगतिलाई चौमासिक तथा वार्षिक रुपमा प्रकाशन गरिनेछ भने पालिका तथा वडावाट भएका राम्रा अभ्यास एवम् सिकाइहरुको दस्तावेजीकरण गरिनेछ ।
१५२.सूचनाको हक सम्बन्धि कानुनलाई व्यवहारमा कार्यान्वयन गरिने छ । नगरपालिकाबाट हुने आर्थिक कारोवारलाई वेवसाइटमार्फत सार्वजनिक गर्ने कार्यलाई निरन्तरता दिइनेछ । साथै उपमहानगरपालिकाको कार्य प्रगति तथा गतिविधिको बारेमा वेवसाईट, सामाजिक संजाल, पत्रकार सम्मेलन, चौमासिक समिक्षा, सार्वजनिक सुनुवाई, रेडियो तथा टेलिभिजन कार्यक्रम आदिमार्फत जानकारी गराइनेछ।
१५३.तुलसीपुर उपमहानगरपालिकाको सूचना एवम् विज्ञापनलाई एकद्धार प्रणाली मार्फत व्यवस्थित गरिनेछ । सञ्चार माध्यमलाई हाल दिदै आएको लोककल्याणकारी विज्ञापन र रेडियो तथा टेलिभिजनवाट प्रशारित कार्यक्रमहरुलाई निरन्तरता दिईने छ भने आमसञ्चारका माध्यमहरुको सहकार्यमा सचेतनामुलक सामग्री प्रकाशन र प्रसारणमा जोड दिइनेछ । पत्रकार तथा मिडिया प्राविधिकको ेक्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गरिनेछ ।
१५४.उपमहानगरपालिकाको सूचना कक्षलाई व्यवस्थित र प्रविधियुक्त बनाइनेछ । जनताका गुनासाहरु सुनेर तत्काल संबोधन गर्नका लागि “हेलो मेयर” कार्यक्रमलाई कल सेन्टरको रुपमा रुपान्तरण गरीनेछ । साथै डिजिटल तुलसीपुरको अवधारणलाइ निरन्तरता दिइनेछ ।

वन वातावरण तथा विपद् व्यवस्थापन
१५५.स्थानीय समुदाय, आदिवासी, जनजातीहरुको हकहितलाई सुनिश्चित गर्ने गरी स्थानीय वननीति, कानूननिर्माण र समायानुकुल परिमार्जन गरिनेछ ।
१५६.सार्वजनिक एवम् निजी सामुदायिक स्थानहरुमा फोहर कसिंगर आगो लगाउन निरुत्साहित गरिनेछ ।
१५७.सामुदायिक वन उपभोक्ता समूह लगायतका समुदायमा आधारित वन व्यवस्थापन समुह, निजी तथा पारिवारीक निजी वन दर्ता, सञ्चालन र व्यवस्थापन सम्बन्धि आवश्यक कार्य गरिनेछ ।
१५८.सामुदायिक वन उपभोक्ता समूह निजी तथा पारिवारीक निजीवन, धार्मिक वन समूह, कबुलियती वन समूह, मध्यवर्ती वन समूहलाई संस्थागत विकास, वन व्यवस्थापन कार्ययोजना निर्माण, परिमार्जन र कार्यान्वयनमा आवश्यक पर्ने प्राविधिक तथा अन्य सहयोग प्रदान गरिनेछ ।
१५९.“एक सामुदायिक वन, एक वन उद्यम” रणनीति अनुसार हरेक सामुदायिक वन उपभोक्ता समूहमा वन उद्यम विकास कार्ययोजना बनाई लघु, सानो तथा मझौला प्रकारका वन उद्यमको विकास गरी हरित रोजगारी प्रवद्र्धन गरिनेछ ।
१६०.“एक सामुदायिक वन, एक वनउद्यान, एक पानी पोखरी” अभियान सञ्चालन गरी पर्यापर्यटनमा टेवापुग्ने काम गरिनेछ ।
१६१.स्थानीयस्तरमा जलवायु परिवर्तनको असर र प्रभावलाई न्युनीकरण र अनुकुलन गर्नका लागि जलवायु परिवर्तन प्रतिकार्य योजना बनाईलागुगरिनेछ । सो योजना निर्माण लगायत वनको दीगो व्यवस्थापन, संस्थागत विकास, वन उद्यमको प्रबद्र्धन, हरियाली रोजगारी सृजना आदीमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, पारिवारीक निजी वन संघ नेपाल लगायतका वन र पर्यावरणसँग सम्बन्धित संघ संस्थाहरुसँग समन्वय गरी कार्य गरिनेछ ।
१६२.पालिकास्तरमा वनको दीगो व्यवस्थापन, वन क्षेत्रको सुशासन, वनउद्यम र व्यापार प्रवद्र्धन, जैविक विविधता, जलवायु परिवर्तन, सम्बन्धि आवश्यक जनशक्ति विकास गर्न वन विज्ञान प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्न शिक्षालयहरुलाई सञ्चालनका लागि प्रोत्साहित गरिनेछ ।
१६३.पालिकाभित्रको भवन, कार्यालयहरुमा स्थानीय वनमा उत्पादित काठ र काठजन्य फर्निचर तथा अन्य सामग्रीको प्रयोगमा जोड दिइनेछ ।
१६४.सामुदायिक वन र अन्य स्थानीय वनमा डढेलो नियन्त्रणका लागि नियमितरुपमा वनको सफाई गर्ने, सार्वजनिक बाटो,अग्निरेखा निर्माण गरिनेछ ।
१६५.सामुदायिक वन उपभोक्ता समूहबाट संघ तथा प्रदेश सरकारले तोके बमोजिम जम्मा हुने राजश्व÷शुल्क÷करलाई एकद्धार प्रणाली अनुसार स्थानीय सरकारबाट उठाई वनको दीगो विकास, संस्थागत सुदृढीकरण र वनउद्यम प्रवद्र्धनमा लगानी गरिनेछ ।
१६६.सडक, नदी, किनारा, सार्वजनिक स्थान र प्रत्येक निजी घरधनीले वार्षिकरुपमा कम्तीमा एक विरुवारोपण कार्यलाई प्रवद्र्धन गर्दै “पालिका हरियाली कार्यक्रम” सञ्चालन गरिनेछ । यस कार्यको लागिआवश्यक पर्ने नर्सरी स्थापना गरिनेछ ।त्यस्तो नर्सरीमाफलफुलजन्य,पुष्पजन्य, वनजन्य, जडीबुटी र कृषिवालीजन्यविरुवाउत्पादनगर्ने व्यवस्था गरिनेछ ।
१६७.तुलसीपुर १९ स्यालापानीमा रहेको गिद्ध रेष्टुरेण्टलाई पर्यापर्यटन क्षेत्रका रुपमा विकास गरिनेछ ।आन्तरिक तथा बाह्य पर्यटकहरुलाई क्रान्ति संग्रहालय, गिद्ध रेष्टुरेण्ट, छिल्लीकोट र गणेश गंगा(ग्वार) पर्यटनसंग जोडिने छ । । सामुदायिक वनसंग सहकार्य गरि नमुना फलफूल बगैचा निर्माणमा जोड दिईनेछ। हरियाली विकास गरि सहरी सौन्दर्यकरण र बगैचा व्यवस्थापनलाई प्रोत्साहित गरिनेछ।बजार विविधिकरणको निति अबलम्बन गरिनेछ।

विपद् व्यवस्थापन
१६८.विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापनमा सार्वजनिक, निजि, गैरसरकारी, सहकारी संघसंस्थाहरु र समुदाय बीच साझेदारी र सहकार्य प्रबद्र्धन गरी विपद् उत्थानशील समुदाय निर्माण गरिनेछ ।
१६९.विपद जोखिम नंक्साङ्कन, विपद पूर्व तयारी तथा प्रतिकार्य योजना(म्एच्ए) लगायत निर्माण तथा अद्यावधिक गरिनेछ ।
१७०.एकिकृत सुचना प्रणाली (द्यष्उबम एयचतब)ि सञ्चालन तथा प्रयोजनलाई प्रभावकारी तुल्याउन विपद् पूर्व तयारी खोज तथा उद्धार,राहत सामग्रीको पूर्व भण्डारण,बितरण र समन्वयलाई प्रभावकारी बनाईनेछ । विपद् व्यवस्थापन सामग्री थप गरिनेछ ।
१७१.नाइट भिजन हेलिकप्टरका लागी हेलिप्याड निर्माण गरिनेछ । साथै प्रविधियूक्त वारुण यन्त्र खरिद एवं ब्यवस्थापनका लागि संघसंस्थाहरुसँग समन्वय गरिनेछ ।
१७२.विपद तथा जोखिममा परेका महिला,बालबालिका,अपाङ्ग तथा अशक्त जेष्ठ नागरिकलाई खोज तथा उद्धार, राहत सामग्रीको वितरणमा प्रथमिकता दिईने छ ।

फोहोरमैला व्यवस्थापन तथा सरसफाई
१७३.नगरको फोहोरलाई दीर्घकालीन व्यवस्थापन गर्न स्थायी ल्याण्डफिल साइटको व्यवस्था गर्न पहल गरिनेछ। अस्थाई ल्याण्डफिल्लिङ साईडलाई थप व्यवस्थित गरिनेछ।

१७४.फोहोरलाई वर्र्गीकरण र प्रशोधन गरी दिगो आयआर्जनको माध्यम बनाउन आवश्यक मापदण्ड, कार्यविधि तयार गरी निजि वा सहकारी क्षेत्रसँगको सहकार्यमा कार्य गरिनेछ ।
१७५.दिशाजन्य फोहोर व्यवस्थापनका लागि आवश्यक कार्य गरिनेछ । ढल निकासका लागि संघ तथा प्रदेश सरकारसँग सहकार्य गरिनेछ ।
१७६. नगर क्षेत्रभित्र २० माइक्रोनभन्दा कमको प्लाष्टिक झोला प्रयोगमा निषेध गरिनेछ ।
१७७.बेवारिसे लाश र मरेका चौपायाहरुको तत्काल व्यवस्थापन गर्ने कामलाई निरन्तरता दिइनेछ ।
१७८.फोहोरमैला संकलन तथा सरसफाईमा खट्ने कर्मचारीहरुको निशुल्क स्वास्थ्य परिक्षण लगायत अन्य सुरक्षा मापदण्ड अपनाइनेछ ।
संस्थागत विकास तथा सुशासन

१७९.सबै टोल विकास संस्थालाई सक्रिय र गतिशील बनाई टोल विकास समितिलाई त्रैमासिक र बार्षिक प्रगति प्रतिवेदन अनिवार्य रुपमा सार्वजनिक गर्ने व्यवस्था मिलाइनेछ ।साथै टोल विकास सस्थाको नवीकरण गरिनेछ।
१८०.अस्थायी,ज्यालादारी, करारका कर्मचारीहरुलाई सामाजिक सुरक्षा प्रदान गर्न कर्मचारी सामाजिक सुरक्षा कोष स्थापना गरिनेछ ।
१८१.नगर भित्र शान्ति सुरक्षा कायम गर्न नगर प्रहरी युनिट गठन गरिने छ ।
१८२.नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासंग समन्वय गरी र स्थानीय सुरक्षा समिति गठन गरि सुशासन सुदृढ पार्ने कार्य गरिनेछ ।
१८३.तुलसीपुर उपमहानगरपालिकाको संस्थागत स्वमूल्याकंन(ीयअब िन्यखभचलmभलत क्ष्लकतष्तगतष्यलब िक्भाि–ब्ककभककmभलत ९ीक्ष्क्ब्)र बित्तिय सुशासन मूल्याङ्कन९ँच्क्ष्०गरि कमजोर र सबल पक्षको पहिचान गरी कार्ययोजना निर्माण र कार्यान्वयन गरी संस्थागत सुधारलाई निरन्तरता दिइनेछ ।
१८४.उपमहानगरपालिकाका सबै कर्मचारीको कार्यविवरण बनाई लागु गरिनेछ । सबै कर्मचारीसँग कार्यसम्पादन करार गरिनेछ र यसलाई कार्यसम्पादन मूल्यांकनको आधार बनाइनेछ ।
१८५.उपमहानगरमा सुशासन, पारदर्शिता, जवाफदेहिता अभिवृद्धिका लागि सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, सामाजिक लेखापरीक्षण, लैङ्गिक लेखाजोखा तथा तेश्रो पक्षको मूल्याङकन लगायतका विधिको अवलम्बन गरी सुशासन प्रवद्र्धनलाई प्राथमिकतामा राखी स्थानीय सरकारका क्रियाकलापहरु पारदर्शी बनाउन सुशासन रणनीति कार्यान्वयनमा ल्याउने व्यवस्था मिलाइनेछ ।

यान्त्रिक व्यवस्थापन

१८५.निर्माणमा खटिने यान्त्रीक साधनहरुको चुस्त ब्यवस्थापन गरी आबश्यक बिकास निर्माणका काममा यन्त्रपु¥याउने कार्यलाई निरन्तरता दिइनेछ ।
१८६.सबै यान्त्रिक साधनको पारदर्शी प्रयोग र व्यवस्थापनमा जोड दिंदै जिपिएस् प्रणाली जडान गरिनेछ ।
१८७.बाढी, पहिरो, आगलागी लगायत विपदद्बाट जोखिममा परेका नगरबासीलाई तत्काल उद्धारका लागि र प्रारम्भिक प्रतिक्रिया इकाई(भ्बचथि च्भकउयलकभ ग्लष्त) को रुपमा प्रयोगका लागि यान्त्रिक साधनलाई तयारी अवस्थामा राखिनेछ ।

नाप नक्सा

१८८.सरकारी सार्वजनिक जग्गाको संरक्षणका लागि यस पालिकाभित्रका जग्गाको डिजिटल अभिलेख तयार गरिनेछ ।
१८९.बृहत वडागत प्रोफाइलिङ र नक्साङ्कनका लागि नापि विभाग र अन्य सरकारी गैरसरकारी नक्सा निर्माण र विकास संस्थाहरुसँग समन्वय गरिनेछ ।
१९०.भू–उपयोग नियमावली २०७९को अवधारणामा रही यस पालिकाको भूउपयोग योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याईनेछ ।
१९१.यस पालिकाको जग्गा नापजाँच ऐन २०७७ कार्यान्वयनमा ल्याइनेछ ।

आर्थिक प्रशासन

१९२.सामाजिक सुरक्षा भत्ता भुक्तानीका लागि वित्तीय संस्थासँग समन्वय गरी लाभग्राहीलाई सम्बन्धित वडामै भत्ता वितरण गरीने व्यवस्था मिलाईनेछ ।
१९३.आर्थिक अनुशासनलाई सुदृढ बनाई सुशासनको आयामलाई प्रभावकारी बनाउन वडा कार्यालयहरुबाट गरिनुपर्नेमासिक प्रतिवेदनको कार्यलाई भुक्तानी आदेशबाट गरिने निकाशा प्रक्रिया आबद्ध गरी अनिवार्य गरिनेछ साथै योजना हस्तान्तरणको विवरण प्राप्त नभै योजनाको भुक्तानी नगरिने नीति अबलम्बन गरिने छ ।
१९४.ढुङ्गा, बालुवा, गिट्टी र प्राकृतिक स्रोत कानुन बमोजिम संकलन गर्ने यान्त्रीक साधनमा अनिवार्यरुपमा अनलाइन ट्रयाकिङ्ग प्रविधि जडान गरी अनुगमन गरिनेछ ।
१९५.कार्यालयको अभिलेख व्यवस्थापनमा सुधार र सूचना प्रविधिको प्रयोगमा विस्तार गरी संस्थागत क्षमताको अभिवृद्धि गरिने छ ।
१९६.भुक्तानी प्रणालीलाई प्रविधिमैत्रि बनाइ बैंकिङ्ग प्रणालीसंग आबद्घ गराइने छ ।

कानूनी मामिला तथा न्यायिक समिति

१९७.“विवाद समाधानमा मेलमिलापको प्राथमिकता”भन्ने नाराका साथ स्थानीय तहको विवाद स्थानीय तहमा नै छलफल, वार्ता आदि तवरले, आपसी समझदारी, मेलमिलापको विधिबाट न्यायका मान्य सिद्दान्तको अधिनमा समाधान गरी उपमहानगरपालीकाको न्याय प्रणालीलाई स्वतन्त्र, पहुँचयोग्य, विश्वसनीय, सक्षम एवम् निष्पक्ष बनाईनेछ ।
१९८.सबै वडा कार्यालयमा मेलमिलाप केन्द्र गठन गरी मेलमिलाप हुने प्रकृतिका स्थानीय विवादहरु वडास्तमै निरुपण गर्ने कानूनी प्रावधानलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
१९९.तुलसीपुर उपमहानगरपालिकाबाट हुने न्यायिक कामकारवाहिलाई प्रविधिसँग जोडि विद्धमान मिसिलहरुलाई डिजिटलाइज गरिने छ साथै निर्णय कार्यान्वयनलाई व्यवस्थित गरिने छ ।
२००.म्याद तामेलदारलाई घटाघटी प्रस्तावको आधारमा दर्ता गरी प्रभावकारी रुपमा परिचालन गरिनेछ ।
२०१.उपमहानगरपालिकाका ऐन, नियम, नियमवाली, कार्यविधि आदि समेटी एकिकृत किताब प्रकाशन गरिने छ ।
२०२.न्याय सम्पादनको अभिलेख र प्रतिवेदन व्यवस्थित गरिनेछ ।न्यायीक समितिले सम्पादन गरेका कार्यहरुको दस्ताबेजीकरण गरी बार्षिकरुपमा सार्वजनिक गरिनेछ ।
२०३.असहाय तथा हिंसापीडितका लागि राहत कोषको स्थापना गरी तालिम तथा राहत प्रदान गरिनेछ ।
२०४.तुलसीपुर मेट्रो कलेज कानून संकायमा अध्ययनरत विद्यार्थीहरुको साझेदारीमा न्यायीक समिति, कर्मचारी र मेलमिलापकर्ताको क्षमता अभिवृद्धि र पुनर्ताजगी तालिम सञ्चालन गरिनेछ ।

सामाजिक सुरक्षा तथा पञ्जिकरण

२०५.सामाजिक सुरक्षा तथा पञ्जिकरण प्रणालीलाई अनलाईन प्रणालीमा व्यवस्थित गर्न तथा सबै वडाका सचिवहरुलाई पञ्जिकरण तथा सामाजिक सुरक्षा सम्बन्धि सचेनामुलक अभिमुखीकरण गर्दै क्षमता अभिवृद्धि गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
२०६.तुलसीपुर उपमहानगरपालिकाको अनलाईन प्रणालीमा आधारित घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई थप व्यवस्थित गरिनेछ ।
२०७.सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणालीलाई सुदृढीकरण तथा आधुनीकीरण गर्न सामाजिक सुरक्षा भत्ता बैकिङ्ग प्रणालीबाट वितरण गर्ने प्रणालीलाई थप व्यवस्थित गरिनेछ ।
२०८.सूचना व्यवस्थापन (ःक्ष्क्) प्रणाली मार्फत व्यक्तिगत घटना दर्ता प्रणाली व्यवस्थित गरी व्यक्तिगत घटना दर्ताका पुराना अभिलेखहरुलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्देशन अनुसार डिजिटाइजेशन गरिनेछ ।

राजस्व परिचालन नीति ः
२०९.प्रगतिशील कर प्रणालीको विकास, सक्षम कर प्रशासनको निर्माण ,करका दायरा बिस्तार ,कानुन बमोजिम तोकिएका कर राजस्व रोयल्टी,बिक्री तथा निकासी र राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाइनेछ ।करदाता विवरण डिजिटल प्रणालीमा आबद्ध गर्दै प्रत्येक करदाताको कर तिर्ने दायित्वलाई एकिकृत गरी सबैलाई करको दायरामा समेटिनेछ ।
२१०.तुलसीपुर उपमहानगरपालिकाको राजस्व सुधार कार्यका लागि राजस्व सुधार कार्ययोजना २०७८÷७९ – २०८१÷८२(च्भखभलगभ क्ष्mउचयखझभलत ब्अतष्यल एबिल) लागू गरिनेछ ।
२११.उपमहानगरपालिकाले प्रवाह गर्ने सेवासँग सम्पत्ति कर, बहाल कर, ब्यवसाय कर र विज्ञापन कर तथा अन्य करलाई एकीकृत रुपमा आबद्ध गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
२१२.उपमहानगरपालिका स्तरमा व्यवसायिक गणना कार्य सम्पन्न गरी व्यवसायिक र घर बहाल करलाई व्यवस्थित गर्ने कार्यको सुरुवात गरिने ।
२१३.पालिकास्तरमा ऐलानी जग्गामा अव्यवस्थित रुपमा घरटहरा निर्माण गरी बसोबासको रुपमा उपयोगमा ल्याइएका घर टहराहरुको लगत संकलन÷व्यवस्थित गरी बहाल विटौरी करको दायरा फराकिलो पार्ने कार्य अगाडी बढाइनेछ ।
२१४.पालिकास्तरमा निर्माण भएका सबै प्रकारको सडकमा परेका तर लगत कट्टी नभएको जग्गाको लगतकट्टी गर्ने कार्यका लागि सम्बन्धित सबै निकाय र पक्षहरुसंग समन्वय कायम गरी सम्पत्ती कर र स्थानीय राजस्व बाँडफाँडबाट प्राप्त हुने राजस्व अभिबृद्धीको कार्यलाई तदारुकताका साथ अघि बढाइनेछ ।
२१५.अस्थायी प्रकृतिका हाटबजार,चोक–चोकमा ठेलामा गरिने फुटपाथ व्यवसाय,मुख्यबजार क्षेत्र भित्रका सडक किनारमा गरिने पार्किङ व्यवस्थापनमा निजि क्षेत्र,स्थानीय क्लब,संघ संस्थाको सहकार्यमा वडा तहबाटै शुल्क संकलन र व्यवस्थापन गरिनेछ ।
२१६.कानुन बमोजिम गठित कम्पनी,उद्योग प्रतिष्ठान वा औद्योगिक संस्थाहरुसंग कानुन बमोजिमको कर र बक्यौता असुली लाई प्रभावकारी बनाइने छ।
२१७.आफ्नो वा संगोल परिवारले र उपभोक्ता समितिका पदाधिकारीले तुलसीपुर (एकाघरका सदस्य )उपमहानगरपालिकालाई भुक्तान गर्नु पर्ने कर शुल्क,दस्तुर समयमा भुक्तान नगरी बक्यौता कायम राख्ने करदातालाई तुलसीपुर उपमहानगरपालिकाबाट प्रदान गरिने कुनै पनि सिफारिस सेवा सुविधा रोक्का गरिने व्यवस्था तथा कर शुल्क तिर्न प्रोत्साहित गरिनेछ।उपभोक्ता समिती वा ठेक्कापट्टामा संलग्न हुन कर चुक्ता अनिवार्य गरिनेछ।
२१८.तुलसीपुर उपमहानगरपालिकाको स्वामित्वमा भोगाधिकार रहेको र उपमहानगरपालिकाले संरक्षण र परिचालन गर्न सक्ने भवन जग्गा जमिन,बसपार्क,हाटबजार तथा अन्य भौतिक सम्पत्तिको अभिलेख अद्यावधिक गरि राजस्व आम्दानी गर्ने माध्यमको रुपमा परिचालन गरिनेछ ।
२१९.नदीजन्य पदार्थको उत्खनन् कार्यलाई नियमन र व्यवस्थापन गर्न प्रविधिको प्रयोगलाई प्राथमिकता दिइनेछ ।नदीजन्य पदार्थको दोहनलाई रोकी सम्पदाको संरक्षणका साथै उप महानगरपालिकाको आम्दानीलाई अभिबृद्धी गरिनेछ ।
२२०.दलित,अपाङ्ग,महिला,द्धन्द्ध पीडित, कृषि तथा पशुपालक व्यवसायीहरु चालु आ.व.को मंसिर मसान्त पश्चात नयाँ व्यवसाय दर्ता गर्न आएमा तोकिएको लाग्ने शुल्कमा २५ प्रतिशत छुट दिई दर्ता गर्ने व्यवस्था कायम गरिने छ ।
२२१.तुलसीपुर उपमहानगरपालिकाको आर्थिक हित अभिवृद्धिको लागि लगानी प्रबर्द्धन र १०० जना भन्दा बढी रोजगारी सिर्जना गर्ने उद्योगहरुमा कर छुटको नीति अबलम्बन गरिने छ।
ऐलानी पर्ति जग्गा तथा त्यस्तो जग्गामा बनेका घर जग्गाहरुको अभिलेख तयार गरी नगरसेवा उपभोग कर लागु गरिनेछ।

आन्तरिक व्यवस्थापन तथा खरिद ः
२२२. संघिय सरकार,प्रदेश सरकार, संघ संस्था वा व्यक्ति बाट प्राप्त भै उपमहानगरपालिकाको स्वामित्वमा रहेका भवन,जग्गा,उद्यान, बसपार्क आदि संरचना एवम् सम्पत्तिको यथार्थ अभिलेख तयार गरि सम्पत्ति व्यवस्थापनको कार्यलाई निरन्तरता दिइने छ।

२२३. आर्थिक वर्षको सुरु दुई महिना भित्र उपमहानगरपालिकाका लागि बर्षभरका लागि आवश्यक फर्निचर,फिक्चर्स,मेसिनरी,औजार र अन्य कार्यालय सामाग्रीहरुको आवश्यकता पहिचान गरि चौमासिक र बार्षिक खरिद योजना तयार गरि सोही अनुसार खरिद प्रक्रियाको कार्यलाई अगाडि बढाइने र खरिद कार्य दरभाउ पत्र र बोलपत्र मार्फत गरिने नीतिलाई निरन्तरता दिइनेछ ।
२२४. नगरभित्र रहेक सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय लगायत नगरपालिकाको स्वामित्वमा रहेका सम्पूर्ण संघसंस्थाको भौतिक सम्पत्तिको अवस्था र जिन्सी निरिक्षण गरी अभिलेख व्यवस्थापन गरिनेछ ।

नगर सभाका सदस्यहरुज्यू,
नीति तथा कार्यक्रम तर्जुमा गर्न तपाईहरुको साथ, सहयोग र सुझावका लागि हार्दिक सह्राना व्यक्त गर्दछु । यसैगरी राजनीतिक दल, निजी क्षेत्रका उद्योगी व्यापारी, प्राज्ञिक क्षेत्र, पूर्व जनप्रतिनिधि, समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरु , विशेष विज्ञहरुबाट प्राप्त सुझावका लागि पनि धन्यवाद दिन चाहन्छु । तुलसीपुर उपमहानगरपालिकाको दैनिक कार्य सञ्चालनमा आफ्नो ज्ञान, सीप र सेवाभाव लगाइरहनु भएका सम्पूर्ण कर्मचारीलाई पनि धन्यवाद दिन चाहन्छु । हरेक गतिविधिलाई सत्य तथ्यमा आधारित भएर जनता सामु पु¥याउन सञ्चार क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गर्दै नीति तथा कार्यक्रम तर्जुमा गर्न प्राप्त सुझावलाई पनि स्मरण गर्न चाहन्छु । विकास र नीतिगत तहमा सहकार्य गर्दै आएको केन्द्र र प्रदेश सरकारलाई धन्यवाद दिन चाहन्छु । अब यो नीति तथा कार्यक्रम कार्यान्वयनको चरणमा पनि यसैगरी सबै पक्षबाट सहयोग प्राप्त हुने विश्वास लिएको छुँ । धन्यवाद ।

तपाईंको प्रतिक्रिया