विद्यालय कर्मचारी परिषद् तुलसीपुरले बुझायाे मागपत्र

 असार ०७, २०७९

तुलसीपुर । नेपाल विद्यालय कर्मचारी परिषद तुलसीपुरले तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्का लाई माग पत्र बुझाएको छ । विद्यालय कर्मचारीको टोलीले नगरप्रमुखलाई आफ्नो माग सहित माग पत्र बुझाएको हो । चालु आर्थिक वर्षमा स्थानिय सरकारले विद्यालय कार्यालय सहयोगी र वालविकास शिक्षकहरुको सात हजार थप गरेपनि लेखापालहरुको पाच हजार रुपैया मात्रै थप गरिएको भन्दै आफुहरु विभेदमा परेको जनाएका छन् ।

दाङका अन्य पालिकाहरुले कार्यालय सहयोगी, वालविकास सहजकर्ताहरुको अनुपातमा लेखापालहरुको पनि सात हजारका दरले पारिश्रमीक थप गरेकोमा तुलसीपुर उपमहानगरपालिकाले नथपेको भन्दै निर्णय सच्याउनुपर्ने माग पत्रमा उल्लेख गरिएको छ । तुलसीपुर नगर समितिका अध्यक्ष मिना भण्डारीद्वारा हस्ताक्षरीत पत्रमा आगामी बजेटमा सरकारले हाल गरेको बृद्धि गरेको तलव सहित न्यायपुर्ण तरिकाले उपलब्ध गराउन माग गरिएको छ ।

नगर अध्यक्ष भण्डारी सहित कर्मचारी परिषद्का केन्द्रीय सदस्य मित्रलाल खनाल लगायतको टाेलिले नगरप्रमुख खड्का सहित प्रबक्ता माधव वली,सामाजिक विकास समिति संयाेजक मान बहादुर रावतलाई भेटेर उक्त माग पत्र बुझाएकाे हाे । जवाफमा नगर प्रमुख खड्काले यसबारेमा बुझेर माग सम्बाेधन गर्ने प्रतिक्रिया दिएका छन ।

तपाईंको प्रतिक्रिया