उरहरी चाेक हुदै दामाेदर जाेड्ने सडक कालाेपत्रे हुने

 असार ०८, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका ११ उरहरी चाेक देखि दामोदर जाेड्ने सडक कालाेपत्रे हुने भएको छ । आब २०७९/०८० मा पक्की नाला सहितको सडक निर्माणकार्यकाे लागि बजेट विनियोजन भएको वडाध्यक्ष मानबहादुर रावतले जानकारी दिएका छन । उनका अनुसार सघन शहरी बिकास कार्यक्रम मार्फत ४९ लाख बजेट बिनियोजन भएको छ ।

उक्त बजेटबाट उरहरी चौक हुदै माध्यमिक विद्यालय उरहरी भएर दामोदर सडक सम्म पक्कि नाला सहित कालेपत्रे हुने भएको छ । स्थानीय तहकाे निर्वाचनमा सडक निर्माण गर्ने प्रतिबद्धता जनाएका वडाध्यक्ष रावतले विजयी जुलुसकाे काेणसभामा पनि सडक कालाेपत्रे हुनेमा ढुक्क हुन आग्रह गरेका थिए ।

उक्त सडक हिउँदमा धुलाम्मे र बर्षायाममा हिलाम्मे हुदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन । यता सडक निर्माणमा बजेट विनियोजन भएकोमा आफू जस्ता सयौं विद्यार्थी खुसि भएको अमर मावि उरहरीका विद्यार्थी राेहित शर्माले प्रतिक्रिया दिएका छन । यसका लागि पहल गर्ने सबैमा धन्यवाद ब्यक्त गरेका छन ।

तपाईंको प्रतिक्रिया