महिला श्वास्थ्य स्वयंसेविका सम्मानित

 असार ०८, २०७९

तुलसीपुर । पुर्ण खोप सुनिश्चितता वडा प्रमाणीकरण कार्यक्रम उरहरी श्वास्थ्य चाैकि बेलटाकुरामा सम्पन्न भएको छ । वडा नम्बर ११ का वडाध्यक्ष तथा खाेप समन्वय समितिका अध्यक्ष मानबहादुर रावतकाे अध्यक्षतामा भएको कार्यक्रममा महिला श्वास्थ्य स्वयंसेविकालाई कदर पत्रले सम्मान गरिएको थियोे ।

श्वास्थ्य चाैकिले सरकारले निर्दिष्ट गरेका १३ वटा खाेप सञ्चालनमा पुर्ण रुपमा सफल भएकोमा स्वयंसेविकालाई धन्यवाद ब्यक्त गरिएको थियोे । वडामा हाल १३४ जना वालवालिका १६ देखि २३ महिना सम्मका र जन्मेदेखि१५ महिना सम्मका १५० जना वालवालिकालाई खाेप सेवा दिएकाे सिनियर अहेव खड्क बहादुरर बस्नेतले जानकारी गराएका थिए । जश्वानि सेर बहादुर विसिकाे स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमकाे सञ्चालन श्वास्थ्य चाैकि प्रमुख चित्र बहादुर वलिले गरेका थिए ।

कार्यक्रममा श्वास्थ्य चाैकि ब्यवस्थापन समितिका उपाध्यक्ष प्रभा परियार,वडा सदस्य यज्ञबहादुर बस्नेत लगायतले बाेलेका थिए । कार्यक्रममा जनप्रतिनिधि, महिला स्वयंसेविका लगायत सराेकारवालाकाे सहभागीता रहेकाे थियोे ।

तपाईंको प्रतिक्रिया