कारागारमा रहेकी एक महिलाले छाेरा जन्माईन

 असार ०८, २०७९

तुलसीपुर ।  तुलसीपुर कारागारमा रहेकी एक एक महिलाले बच्चा जन्माएकी छिन् । विहे नभएकी बाँके निवासी ३७ बर्षीया एक बन्दीले बच्चा जन्माएकी हुन् । कारागारका जेलर अमर वलीका अनुसार शनिबार राप्ती प्रादेशिक अस्पतालबाट उनले छाेरा जन्माएकी हुन् ।

दाङको लालमटियामा रहेको ग्रामिण विकास बैंकमा क्यासिएर पदमा कार्यरत रहेको अबस्थामा बैंक हिनामिना गरेको भन्दै गएको जेठ २८ गते देखि उनी तुलसीपुर कारागारमा थिइन । उच्च अदालत तुलसीपुरले बैक रकम हिनामिना गरेको ठहर गर्दै ३० लाख धरौटीको तोकेको थियो । तर, उनले ३० लाख तिर्न नसक्ने भएपछि कारागार कार्यालय तुलसीपुरमा थिइन ।

उनी बैंकमा लालमटिया काम गर्दा फेसबुकमा एक ब्यक्तीसंग चिनजान भयो ।

उनका अनुसार ति ब्यक्ती काँग्रेस डडेलधुराका पूर्व सभापति रघुविर भट्ट थिए । उनीसंग कुराकानी नियमित भइरह्यो । त्यसपछि भट्टले विहेको प्रस्ताब गरे। उनी त्यमा प्रभाबित भइन । त्यसपछि गएको भदौमा काठमाडौंमा उनीहरुको भेट भयो र त्यहाँ शारिरीक सम्बन्ध भएको ति बन्दी बताउछिन् ।

त्यहाँ सम्पर्क भएपछि उनको पेटमा बच्चा भयो । बच्चा भएको थाहा पाएपछि भट्टले निरन्तर त्यो बच्चालाई फाल्न भनिरहेका थिए । विहे गर्छु भनेर आफूलाई बाचा दिएकाले आफूले पेटको बच्चा नफालेको ति बन्दीले बताईन् ।

कारागारमा हुँदा पनि आफूले नियमित भट्टलाई फोन गरिरहेको बताउछिन् । तर, भट्टले सधै बच्चा फाल्न भनिरहेको उनी बताउछिन् । पछिल्लो समय उनी सम्पर्कमा नआएको समेत ति बन्दीको भनाई छ ।

तपाईंको प्रतिक्रिया