मोटरसाइकल र टिपर ठोकिँदा दुई जनाको मृत्यु

 असार ०९, २०७९

काठमाडौं । गएराति भक्तपुरको सूर्यविनायक नगरपालिका- ८ आर्दशचोक नजिकै मोटरसाइकल र टिपर एकापसमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइलमा सवार दुई पुरुष रहेका छन् ।

मृतकमध्ये भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने १९ वर्षीय निश्चल चौगुठीको मात्र सनाखत भएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् डिएसपी राजु पाण्डेले जानकारी दिए । २०–२१ वर्षको जस्तो देखिने अर्का एक युवकको भने सनाखत हुन बाँकी छ । शव भक्तपुर अस्पतालमा राखिएको छ । सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको बा८९प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा४ख ५२९८ नम्बरको टिपर गए राती सवा २ बजे आपसमा ठोकिएका हुन् । टिपर चालकलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।

तपाईंको प्रतिक्रिया