बाँफिकाेटका अध्यक्ष,उपाध्यक्ष सहित जनप्रतिनिधिलाई सम्मान

 असार ०९, २०७९


रुकुम पश्चिम । रुकुम पश्चिमकाे बाँफिकाेट गाउँ पालिका वडा नम्बर २ मा रहेको जनता आधारभूत बिद्यालय लामाचाैरले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेको छ ।
पालिका अध्यक्ष जनक कुमार बाँठा ,उपाध्यक्ष तारा बुढा , कार्यपालिका सदस्य सहित वडाका जन प्रतिनिधिलाई स्वागत तथा सम्मान गरिएकाे हो ।

उक्त सम्मान कार्यक्रममा पालिका अध्यक्ष जनक कुमार बाँठाले शैक्षिक सुधारको लागी सक्दाे सहयोग गर्ने प्रतिबद्वता जनाउनु भएको थियोे । शैक्षिक सुधार हुन नसके समाज परिवर्तन नहुने भन्दै उहाँले शिक्षामा लगानी गर्ने बताउनु भयो ।
कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कल बहादुर नाथकाे अध्यक्षतामा भएको थियो ।

तपाईंको प्रतिक्रिया