तुलसीपुरको बजेट १ अर्ब ८६ करोड

 असार १०, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९।८० का लागि १ अरब ८६ करोडको बजेट सार्वजनिक गरेको छ । नगर सभाको दोस्रो बैठकमा उपप्रमुख स्यानी चौधरीले ‘समृद्ध तुलसीपुर स् सबैका लागि, सधैका लागि’ भन्ने मुल नाराका साथ आगामी बर्षको अनुमानित १ अरब ८६ करोड ४७ लाख ७९ हजार रुपैया बराबरको बजेट सार्वजनिक गरेकी हुन् ।

जसमा आन्तरिक श्रोतबाट रु. ३० करोड १२ लाख, स्थानीय तह राजश्व वाडफाड मालपोत रजिष्टेशनवाट रु. १० करोड, अल्याबाट रु. ४ करोड ५० लाख गरि कुल आन्तरिक आम्दानी रु. ४४ करोड ६२ लाख अनुमान गरिएको छ ।

यस्तै संघीय सरकारबाट प्राप्त हुने अनुदानहरुमा समानिकरण अनुदान रु. ३३ करोड ६२ लाख, सशर्त अनुदान रु. ६२ करोड ९१ लाख, समपुरक अनुदान रु. १ करोड ६० लाख, विशेष अनुदान रु. १ करोड ३० लाख र राजश्व बाँडफाड रकम रु २३ करोड ५५ लाख ३ हजार, त्यसै गरि प्रदेश सरकारबाट प्राप्त हुने अनुदानहरुमा समानिकरण अनुदान रु. १ करोड ५६ लाख, सशर्त अनुदान रु. १ करोड ६० लाख, समपुरक अनुदान रु. ३ करोड, विशेष अनुदान रु.८० लाख र राजश्व बाँडफाड रकम रु ३ करोड ३१ लाख ७६ हजार र अन्य संघ संस्था अनुदानमा नगरविकास कोष ऋण रु.७ करोड,युनिसेपm अनुदान रु. ६० लाख र सडक वोर्ड नेपाल रु. १ करोड प्राप्त हुने अनुमान गरिएको छ ।

उप प्रमुख चौधरीले स्वास्थ्य, कृषि, रोजगार, गरिबी निवारण तथा शिक्षालाई प्राथमिकता दिएर वजेट विनियोजन गरेको बताइन् । यो बजेट चालु बर्षको भन्दा १ अरब ५३ करोड भन्दा कम हो । चालु बर्षको लागी बर्ष ३ अरब ३९ करोड ९६ लाख बजेट थियो ।

तपाईंको प्रतिक्रिया