बबईले ल्यायाे ५० करोड ६५ लाखको बजेट

 असार १०, २०७९

हापुरे । पश्चिम दाङको बबई गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागी ५० करोड ६५ लाख रुपैया बढीको बजेट ल्याएको छ । कृषिलाई प्राथमिकतामा राखि बबई गाउँपालिका उपाध्यक्ष बमकुमारी खड्काले आगामी आर्थिक वर्षका लागी ५० करोड ६५ लाख ४३ हजार रुपैयाको बजेट प्रस्तुत गरेकी हुन ।

गाउँपालिकामा संघीय सरकारमार्फत बित्तिय समानीकरण अनुदान ११ करोड ५१ लख, राजस्व बाँडफाडबाट रु १० करोड २२ लाख ३६ हजार, वन रोयल्टी रु ५ लाख, शसर्त अनुदान १८ करोड ४६ लाख र बिशेष अनुदान १ करोड प्रस्तुत गरेकी थिइन ।

त्यसै गरि प्रदेश सरकारबाट बित्तिय समानिकरण अनुदान ६२ लाख ५१ ह्जार प्रदेश राजस्व बाँडफाडबाट ५८ लाख ५६ हजार, बिशेष अनुदान रु ६० लाख, प्रदेश सर्शत अनुदान ८० लाख र समपुरक अनुदान रु १ करोड ५० लाख त्यस्तै आन्तरकि आय तर्फ २ करोड, रजिस्टेशन श्ल्क २० लाख र चालु आर्थिक वर्षको वचत ३ करोड गरि आगामी आर्थिक वर्षका लागी ५० करोड ६५ लाख ४३ हजार रुपैयाको वजेट ल्याईएको छ ।

तपाईंको प्रतिक्रिया