बाकेमा ट्रककाे ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्युु

 असार ११, २०७९

कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिकामा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको ज्यान गएको छ । अरु १ जना घाईते भएका छन । वडा नं ९ ढकेरी स्थित पुर्व पश्चिम राजमार्गको झिझिरी खोला मोडमा शनिबार पुर्वदेखी पश्चिम तर्फ जादै गरेको ना ५ ख ४२०४ नम्बरको ट्रकले भे.११ प ७०५ नम्बरको मोटरसाइकल लाई पछाडीबाट ठक्कर दिदाँ बाँके बैजनाथ गाउँपालिका वडा २ की २८ वर्षिय दिपिका खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटर चालक उनका श्रीमान ३५ दिल बहादुर कटुवाल घाइेत भएका छन । घाईतेको मेडिकल कलेज कोहलपुरमा उपचार भैरहेको छ । ठक्कर दिने ट्रकका चालक मकवानपुर हेटौडा उपमहानगरपालिकाका २८ वर्षिय नविन आचार्य र ठक्कर दिने ट्रकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया