डिजेलमा २८ र पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ घटाउने तयारी

 असार ११, २०७९

तुलसीपुर । सरकारले डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ मूल्य घटाउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालमा निरन्तर बढिरहेको पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकार सहमत भएको स्रोतले जानकारी दिएको छ ।

सत्ता गठबन्धनले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएपछि आज राती १२ बजे देखि नै मूल्य समायोजन हुने भएको छ । ‘उद्योग मन्त्रालयले मूल्य घटाउने घोषणा गरेपछि निगमले आजै राती १२ बजेदेखि मूल्य घटाउँछ’ नेपाल आयल निगम स्रोतले जानकारी दियो ।

तपाईंको प्रतिक्रिया