शान्तिनगरकाे बजेट ५० करोड ९७ लाख ४८ हजार

 असार ११, २०७९

निराश पान्डे , शान्तिनगर । शान्तिनगर गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० का लागि कुल ५० करोड ९७ लाख ४८ हजार बजेट ल्याएको छ। चालू तर्फ ३१ करोड ६६ लाख ४८ हजार र पुँजिगत तर्फ १९ करोड ३१ लाख बजेट ल्याएको छ। शुक्रबार १२ औ गाउँ सभामा उपाध्यक्ष प्रेमा केसीले उक्त बजेट प्रस्तुत गर्नु भएको हो।

शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको अध्यक्षतामा बसेको सभाले शान्तिनगरमा रहेका सबै कार्यालयमा विद्युतीय हाजिरी लागू गरिने बताइएको छ। अर्को सभा आगामी २४ गते बस्ने जनाइएको छ।

तपाईंको प्रतिक्रिया