सहकारीलाई उत्पादन र उद्यमशीलतामा जोडौं : नगरप्रमुख खड्का

 असार ११, २०७९

तुलसीपुर । तुलसीपुर उपमानगरपालिकाका प्रमुख टीकाराम खडकाले सहकारीलाई उत्पादन र उद्यमशीलतासंग जोड्नुपर्ने बताउनुभएको छ । राप्ती बचत ऋण सहकारी संस्थाले आयोजना गरेको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशालाको उद्घाटन गर्दै नगरप्रमुख खडकाले अर्थतन्त्रको तीन खम्बे अर्थ नीतिअन्तर्गत सहकारीलाई आय आर्जन र सीपको विकासमा लगाउनुपर्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खडकाले सहकारीमार्फत संगठित गर्दै बचत र स्वरोजगारमुलक कार्यक्रम अघि बढाउनका लागि नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको बताउनुभयो । सहकारी संस्थाका अध्यक्ष हेमन्तकुमार योगीको अध्यक्षतामा
कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा जिल्ला बचत सहकारी संघका अध्यक्ष रुपबहादुर खत्री,जिल्ला सहकारी संघका सचिव शुक्रराज भण्डारी लगायतका वक्ताहरुले बोल्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन सचिव विनोद पन्तले गर्नुभएको थियो । कार्यशालामा दाङ,बर्दिया, रुकुम, प्यूठानका ५० जना सहकारीकर्मीहरुको सहभागिता रहेको छ ।

तपाईंको प्रतिक्रिया