अनेरास्ववियुले भन्याे: बिश्वबिद्यालयकाे ताला नखुल्नुमा प्रधानमन्त्रीकाे मिलेमताे छ

 असार १३, २०७९


तुलसीपुर । अनेरास्ववियुले नेपाल बेलझुन्डिमा नेपाल बिद्यार्थी संघले लगाएको ताला खाेल्न आग्रह गरेकाे छ । आज नेपाल संस्कृत बिश्वबिद्यालय बेलझुन्डिमा भएको प्रदर्शन पछि आयोजना गरेको कोणसभामा बोल्ने बक्ताहरुले यस्तो आग्रह गरेका हुन ।

सभालाई सम्बाेधन गर्दै अनेरास्ववियुका केन्द्रिय सचीव धर्म गिरिले तत्काल नखाेले अनेरास्ववियु चुप लागेर नबस्ने चेतावनी दिएका छन । शिक्षा एक प्राज्ञिक थलोमा राजनीति गरि शिक्षालय बन्द गर्नु गलत कार्य भएको उनले बताएका छन । लामाे समयदेखि लागेकाे ताला खाेल्न लागि कुनै पहल नगरेको देउवा सरकारकाे चर्काे आलाेचना समेत भएको थियोे । आफ्नै पार्टीको विद्यार्थी संगठनले लगाएको ताला २ महिनासम्म पनि नखुल्नुमा प्रधानमन्त्री शेर बहादुर देउबाको समेत मिलेमतो भएको गिरिले आरोप लगाएका छन ।

काेणसभा हुनु अघि एमालेकाे विद्यार्थी सङ्गठन अनेरास्ववियुले तालाबन्दी प्रथाको अन्त्य गरौ , बार्तामा भएको सहमति कायम गर ,खुल्ला प्रतिस्पर्धाबाट कर्मचारी, प्राध्यापक नियुक्त गर लगाएतका नाराहरु सहितको प्लेकार्ड बोकि बिश्वबिद्यालय परिसरमा प्रदर्सन गरेको थियोे ।

तपाईंको प्रतिक्रिया