लगातारको बर्षातले हुलाकी सडकमा क्षती

 असार २५, २०७९

तुलसीपुर । गएराती देखि परेको अबिरल बर्षातले गढवा राजपुर हुलाकी सडक तथा कल्भर्टमा क्षति भएको छ । राजपुर गाउपालिका वडा नं २ मटेरियामा पानीले निकाश नपाउदा सडक र कल्भर्ट भत्किएको स्थानीयले बताएका छन ।

कल्भर्ट सङै सडकमा क्षति पुगे सगै गढवा-राजपुर आवागमन गर्न रोकिए संगै राजपुर बाट दुध बेच्न गढवा लमहि आउने किसानलाई समस्या भएको छ । गढवा राजपुर गगंदी हुदै नेपालगन्ज बाँके जोड्ने हुलाकी राजमार्गको खोला सडक एवं कालोपत्रे तथा तटबन्धको काममा गुणस्तर नहुँदा र विकासको नाममा खर्च बढी भएको स्थानियहरु बताउछन ।

तपाईंको प्रतिक्रिया