स्कटल्यान्डमाथि नेपालकाे सहज जित

 असार २९, २०७९

काठमाडौं । आसिफ शेखको अर्धशतकको सहयोगमा नेपालले आईसीसी पुरुष विश्वकप लिग टू को त्रिकोणात्मक सिरिजअन्तर्गत स्कटल्यान्डमाथि सहज जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको हो । टिटवुड ग्लासगोमा स्टकल्यान्डले जितका लागि दिएको १४५ रनको लक्ष्य पछ्याएको नेपालले २५ ओभर १ बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

नेपालका लागि आसिफ शेखले ७१ रनको अर्धशतकीय पारी खेले । ६२ बल खेलेका उनले १० चौका र १ छक्का प्रहार गरे । त्यस्तै रोहितकुमार पौड्यालले ३४ रन बनाए । योसँगै रोहितको एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा भएको छ । नेपालका लागि कुशल भुर्तेलले २७ तथा दिपेन्द्र सिंह ऐरीले ३ रनको योगदान गरे । नेपालका लागि देव खनालले ४ रन बनाए ।

बलिङतर्फ स्कटल्यान्डका लागि गाभिन मेनले तीन विकेट लिए । त्यस्तै आन्द्रेइन निल र रिचे बेरिन्टोनले एक–एक विकेट लिए । यसअघि टस हरेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४२ आभेरमा ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १४४ रन बनाएको थियो । ​

तपाईंको प्रतिक्रिया