जब वडाध्यक्ष बिपन्नको घर सहयोग लिएर गए…

 साउन १०, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ बेलटाकुराको बबई नदि जाने ओरालोनेर खरले छाएको एउटा सानो झुपडी छ । घरको तलतिर खोला बगिरहेको छ । भिरालो जमिनमा ठडिएको घरलाई बर्खायामको उत्तिकै जोखीम पनि छ । सानो एक छाने घरको एक छेउमा पकाउने ठाउ छ अर्कोतिर सुत्ने ठाउ छ । सुत्नलाई पलङ त के हुनु अट्ने ठाउ समेत छैन । त्यहि घरमा चार दिन अघि भिमा वली कुमालले बच्चा जन्माईन । प्राय सुनसान हुने त्यो घरमा हिजो आज पुग्दा बच्चा रोईरहेको हुन्छ । छेउमा बच्चाको आमा सुतिरहेकि हुन्छिन । श्रीमान बसन्त कुमाल पैसा कमाउन मजदुरीको लागी भारतमा छन यतिवेला । तर चार दिनको सुत्केरी उनलाई खुवाउने देखि लिएर स्याहार गर्ने समेत कोहि छैनन् । खानलाई नुन तेल देखि लिएर चामल पनि छैन ।

यो अवस्थामा सुत्केरी भएपछि स्थानियहरुले वडाध्यक्ष मान बहादुर रावतको ध्यानाकर्षण गराएका थिए । उनि आफै अग्रसर भएर नगद देखि लिएर खाद्यान्न कपडाको जोहो गर्नतर्फ लागे । वडाध्यक्षले आफैबाट सुरु गरेर उरहरी बजारमा नगद तथा खाद्यान्न संकलन भयो । नगद १७ हजार सहित चामल,नुन तेल,दाल,सुत्केरी तथा बच्चाको कपडा भिटाभिन, अण्डा लगायत सामानहरु बोकेर अध्यक्ष सहितको एक टोली घरमै पुग्यो ।

घर पुग्दा ती सुत्केरी महिला मलिलो अनुहार लिएर बाहि आईन । काखमै बच्चा चेपेकी कुमालले कोहि नहुनेको दैव हुन्छ भन्थे हो रहेछ भन्दै खुसीको अनुभुति गरिन् । वरपरका छरछिमेक सबै जम्मा भएका थिए । नगद तथा खाद्यान्न वडाध्यक्ष रावतले सुत्केरीलाई हस्तान्तरण गरे । गँउमा जम्मा भएका स्थानियले भने वडा सरकार आफुहरु संगै भएको महशुस गरे ।

घर निर्माणमा सहयोग गछौं : वडाध्यक्ष रावत

यसैविच कुमाल परीवारको घर निर्माणमा सहयोग गर्ने वडाध्यक्ष मान बहादुर रावतले बचन दिएका छन । सहयोग हस्तान्तरण गर्ने क्रममा बोल्दै उनले टिनको छाना सहितको घर निर्माणमा सहयोग गर्ने बताएका हुन । आगामि दशैं अघि नै कुमाल दम्पती साघुरो खरको छानो भएको घरमा बस्ने बाध्यताको अन्त्य हुने उनले बताएका थिए । बिपन्न तथा बेसाहराको लागी आफु सगैं रहेको हुदा ब्यक्तिगत र वडाबाट हुने सहयोगको लागी तयार रहेको बताएका थिए । सो अवसरमा वडा सदस्यहरु यज्ञ बहादुर बस्नेत,प्रभा परियार तिलकराम थारु, बुद्धिजिवी, स्थानियको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण उरहरी बजार समितिका सचिव डेग बहादुर डिसीले गरेका थिए ।
नगद तथा खाद्यान्न सहयोग गर्नेको नामावली

तपाईंको प्रतिक्रिया