तुलसीपुरका प्रत्येक वडामा ‘सञ्चार सेट’

 साउन १३, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले विपद् प्रतिकार्य योजनाअन्तर्गत प्रत्येक वडामा सञ्चार सेट (वाकीटकी) वितरण गर्ने भएको छ । विपद्को समयमा इन्टरनेट अवरुद्ध भई सुरक्षा टोलीसंग सूचना समन्वय गर्नका लागि सञ्चार सेट (वाकीटकी) वितरण गर्न थालिएको हो । त्यस्तै सूचना प्राप्त गरेर तत्काल उद्दारका लागि आपत्कालीन कार्य सञ्चालन केन्द्र, नगरप्रमुखको सचिवालयमा राख्न थालिएको हो । तयार नेपालको सहयोगमा २३ वटा सञ्चार सेट प्रदान गर्न थालिएको हो । सञ्चार सेट सम्बन्धित वडामा सञ्चार सेटबाट पाँच किलोमिटर दुरीसम्म सूचना प्रदान गर्न सकिने विपद् शाखाका प्रमुख टोपबहादुर डाँगीले जानकारी दिनुभयो ।


तुलसीपुर उपमहानगरपालिकाले वर्षातको समयमा आउने बाढी,पहिरो,डुबानका कारण आउने समस्या समाधानका लागि एक वटा डोजर टिप्पर २४सै घण्टा तयारी अवस्थामा राखेको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काको अध्यक्षतामा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना निर्मार्ण(मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजनाको मस्यौदा प्रस्तुति नगर विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ ।

छलफलका क्रममा उपप्रमुख स्यानी चौधरी,प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल,विपद् वनवातावरण तथा सरसफाई समितिका संयोजक दुजमान भण्डारी,वडा नम्बर ५का वडाध्यक्ष वीरेन्द्र शाह,स्वास्थ्य जनप्रवर्धन शाखाका प्रमुख ओमप्रकाश न्यौपानले लगायतले मस्यौदामाथि सुझाव प्रस्तुत गर्नुभएको थियो । मस्यौदाका बारेमा तयार नेपालका फिल्ड संयोजक श्रमलाल चौधरीले जानकारी गराउनुभएको थियो । कार्यक्रमको सञ्चालन सूचना शाखाका प्रमुख बाबुराम न्यौपानेले गर्र्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया