बाउजर लिन थालेपछि डिपो निर्माण स्थलमा तालाबन्दी

 साउन १५, २०७९

तुलसीपुर । दाङको टरिगाउँ एयरपोर्टमा जहाजमा तेल भर्न ल्याइएको बाउजरलाई अन्यत्र लैजाने तयारी गरिएको छ । साविक राप्तीका सल्यान, रोल्पा, रुकुम, प्यूठानलाई समेत पायक पर्ने दाङको एकमात्र टरिगाउँ एयरपोर्टमाा गएको जेठ १२ गते बाउजर ल्याइएको थियो । इन्धन डिपोको निर्माण कार्य अन्तिम चरणमा पुगेका बेला जहाजमा तेल भर्ने ११ हजार लिटर क्षेमताको बाउजर अन्यत्र लग्ने तयारीभएपछि यस क्षेत्रका नागरीकबाट विरोध हुन थालेको छ ।

यसैविच बाउजर लग्ने कुरा बाहिरिएपछि टरिगाउँ एयरपोर्टको ईन्धन डिपो निर्माण स्थलमा तालाबन्दी गरिएको छ । तुलसीपुर उपमहानगरपालीका,उद्योग बाणिज्य संघ, स्थानियको एक टोली विमान स्थल पुगि ताला लगाएको हो ।

त्यस अवसरमा उपमहानगरको तर्फबाट ध्यानाकर्षण पत्र बुझाइएको छ । पत्र बुझाउदै उप प्रमुख स्यानी चौधरीले नागरीक सडकमा आउने वातावरण नबनाउन आग्रह गरेकि थिईन । सो अवसरमा उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रसाद चालीसे,वडा नम्बर १२ का अध्यक्ष खुसीराम चौधरी लगायतको सहभागीता रहेको थियो ।

तपाईंको प्रतिक्रिया