कर्मचारी संगठनद्धारा मानव सेवा आश्रमलाई सहयोग

 साउन १५, २०७९

तुलसीपुर । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति दाङले शहिद मनोज-झपेन्द्र-सुरेन्द्र स्मृति दिवस मनाएको छ । संगठनले तुलसीपुर र घोराहीमा दुई छुट्टाछुट्टै कार्यक्रम गरि दिवश मनाएको हो । मानवसेवा आश्रम तुलसीपुरमा भोजन तथा खाद्यान्न वितरण गरिएको छ । नगद १२ हजार सहित , चामल १०० केजी, आटा २० केजी, चिउरा १२ केजी, दाल ५ केजी, खाने तेल ५ लिटर, नुन २ पोका हस्तान्तरण गरिएको हो ।

जिल्ला अध्यक्ष शेर बहादुर केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उप प्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । सङ्गठनका तुलसीपुर नगर अध्यक्ष भेषराज चन्दको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव बाबुराम न्यौपानेले गरेका थिए ।

अध्यक्ष शेरबहादुर केसीको अध्यक्षता तथा घोराही–१४ का अध्यक्ष भानसिंह बुढाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा घोराहीको बालमन्दिरमा रहेका बौद्धिक अपाङ्गता भएका बालवालिकालाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।

यस्तै,घोराही १४ बालमन्दिर प्राथमिक विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका बालबालिकालाई विद्यालयको आवश्यकता अनसार सात दर्जन कापी, सात दर्जन पेन्सिल र स्टेशनरी सामग्री भण्डारण गर्न सहजताका लागि चार हजार पाँच सय रुपैयाँ मूल्य बराबरको बाकस सहयोग गरिएको हो ।

जिल्ला कोषाध्यक्ष मोहन केसीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममको सञ्चालन संगठनका सचिव बाबुराम न्यौपानेले गर्नुभएको थियो । संगठनले स्मृती दिवशमा मानविय सेवाका रुपमा सहयोग गरेको जनाएको छ ।

तपाईंको प्रतिक्रिया