मावि उरहरीमा बधाई तथा विदाई कार्यक्रम

 साउन १७, २०७९

तुलसीपुर । तुलसीपुर – ११ उरहरीमा रहेको अमर माध्यमिक विद्यालयले बधाई तथा विदाई कार्यक्रम गरेको छ । विद्यालयले एसईईमा उतीर्ण विद्यार्थीलाई बधाई तथा स्वैच्छिक अवकास लिएका निमावि विज्ञान शिक्षक नारायण प्रसाद भण्डारीको विदाई गरेको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता तथा उप प्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्य एवं वडाध्यक्ष मान बहादुर रावतको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा विभिन्न जिपिए ल्याई उतीर्ण ७२ जना विद्यार्थीलाई टिका,खादा लगाई डायरी दिएर बधाई ज्ञापन गरिएको थियो । त्यसैगरी अवकास प्राप्त शिक्षक नारायण प्रसाद भण्डारीलाई दोसल्ला ओढाई सम्मान पत्र र मायाको चिनो प्रदान गरिएको थियो । यस्तै, विद्यार्थीहरुबाट टिका माला सगैं मायाको चिनो प्रदान गरिएको थियो ।

शिक्षक निर्मलक कुमार वलीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले सामुदायिक विद्यालय लाई अव्वल बनाउन शिक्षक र विद्यार्थीको भुमिका हुने भएको हुदा त्यस तर्फ ध्यान आग्रह गरेकि थिईन । विशिष्ठ अतिथि वडाध्यक्ष मान बहादुर रावतले यस भेगको गौरवका रुपमा रहेको विद्यालयलाई नमुना विद्यालय बनाउन तर्फ सबै जिम्मेवार भएर लाग्नुपर्ने बताएका थिए ।

कार्यक्रममा विद्यालयका पुर्व अध्यक्ष टेक बहादुर केसी,प्रधानाध्यापक पदम बहादुर वली, शिक्षकहरु गोमाबालन क्षेत्रि,देव बहादुर वली, अवकाश प्राप्त शिक्षक नारायण प्रसाद भण्डारी,शिक्षक अभिभावक संघका अध्यक्ष लिलाधर डाँगी , विद्यार्थीहरु बिमला सुनार,डोटीराम परियार लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण शिक्षक यज्ञ बहादुर अधिकारीले गरेका थिए । सो अवसरमा विद्यार्थीहरुले सांस्कृतीक प्रस्तुती राखेका थिए ।

तपाईंको प्रतिक्रिया