‘उद्यमशिलताको बिकासबाट मात्रै समाज समृद्ध बन्छ’

 साउन १९, २०७९

तुलसीपुर । उद्यमशिलताको बिकासबाट मात्रै समाजको समृद्धि हुने एक कार्यक्रमका बक्ताहरुले बताएका छ्न । आज तुलसीपुरमा भएको उद्यमशिलता बिकास अभिमुखिकरण तथा संवादू कार्यक्रमका सहभागीले यस्तो बताएका हुन । समुदायमा भएका प्राकृति स्रोत र साधनहरुको प्रचुर मात्रामा सदुपयोग गरि उद्यमशिलताको माध्यम मार्फत दिगो उत्पादनमा जोडीन सके आर्थिक उन्नती हुने उनिहरुले बताएका थिए ।

ग्रीन फाउन्डेसन नेपाल दाङ शाखा अध्यक्ष बिष्णु बहादुर केसीको अध्यक्षता एवं ग्रीन फाउन्डेसन नेपालका केन्द्रिय अध्यक्ष एवम् तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्र भएको थियो । कार्यक्रममा वडा नं १३ का वडा अध्यक्ष मोहन पौडेल, जिल्ला युवा समिति दाङका अध्यक्ष एवं ग्रीन फाउण्डेसन दाङका सचीव सुरेश कुमार रावत, स्थानीय सामुदायिक बन उपभोक्ता महासंघ तुलसीपुरका अध्यक्ष चन्द्र बहादुर ओलि, रक्षा काफ्ले, उद्योग बाणिज्य संघ तुलसीपुरका उपाध्यक्ष रुप बहादुर खत्री लगाएतको बोल्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण केपी भण्डारीले गर्नु भएको थियो ।

तपाईंको प्रतिक्रिया