डिभाइनका विद्यार्थीको प्रयोगात्मक व्यापार

 साउन २१, २०७९

तुलसीपुर । तुलसीपुर–६ मा रहेको डिभाइन टेम्पल एकेडमीमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले प्रयोगात्मक कार्य अन्र्तगत व्यापार, व्यवसाय सिकेका छन् । व्यव्स्थापन विषय अध्ययन गर्ने विद्यार्थीहरूले शुक्रबार तुलसीपुरका विभिन्न चोकमा बसेर कसरी व्यापार हुन्छ ? नाफा नोक्सान कसरी निकाल्न सकिन्छ ? कसरी उपभोक्ताहरूलाई सामान बेच्न सकिन्छ ? भन्ने जस्ता कुराहरू व्यवहारिक रूपमा प्रत्यक्ष अनुभव गरेर सिकेका छन् ।

तुलसीपुरको बाहिनी चोकमा चिया, कफि र लस्सीको स्टल, मदनआश्रित चोकमा फलफूल र घोराही चोकमा शैक्षिक सामग्रीहरूको स्टल राखेर व्यापार, व्यवसायको प्रत्यक्ष अनुभव गरेका छन् । सैद्धान्तिक कुरालाई सजिलोसँग विद्यार्थीलाई सिकाउन र बुझाउन यस्तो कार्य गरिएको डिभाइन टेम्पल एकेडमीका संस्थापक निर्देशक भोजराज न्यौपानेले बताए ।

व्यवस्थापन विषय अध्ययन गर्ने विद्यार्थीलाई यस प्रकारको प्रयोगात्मक अभ्यासले भोलि यस क्षेत्रमा सकारात्मक प्रेरणा प्राप्त हुने विश्वास रहेको उनले बताए । डिभाइन टेम्पल एकेडमीका ८० जना विद्यार्थीहरूले तीन ठाउँबाट स्टल राखी प्रयोगात्मक कार्य गरेका हुन।

तपाईंको प्रतिक्रिया