रोल्पामा एक महिलाको शव फेला

 साउन २१, २०७९

रोल्पा । रोल्पाको एक सामुदायिक वन क्षेत्रमा महिलाको शव फेला परेको छ । जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नं. ६ स्थित निगालपानी सामुदायिक वन क्षेत्रमा शनिबार एक अर्धवैशे महिलाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रुन्टीगढी गाउँपालिका वडा नं. ६ कि ४४ वर्षकी पानसरी घर्तीमगरको शव भेटिएको हो ।

शुक्रबार विहान वनमा दाउरा काट्न गएकी उनी बेलुकासम्म नफर्केपछि खोजी सुरु भएको थियो । खोजी गर्ने क्रममा शनिबार विहान ९ः१५ बजे मृतकको शव आफन्तहरुले फेला पारेका थिए । शव फेला परेको आफन्तहरुले जानकारी दिएलगत्तै प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले भने ।

तपाईंको प्रतिक्रिया