राप्ती बबई क्याम्पसमा अनेरास्ववियुको कमिटि गठन

 साउन २३, २०७९

तुलसीपुर । अनेरास्ववियुले राप्ती बंबई क्याम्पसमा तुलसीपुरमा कमिटि गठन गरेको छ । नवगठित कमिटीको अध्यक्षमा प्रदिप बस्नेत ,उपाध्यक्षमा उमेश भुसाल ,सचिवमा अनु रिजाल ,सहसचिवमा सृजना भण्डारी ,क्षितिज लामिछाने र रवि चौधरि ,कोषाध्यक्षमा दिलिप नेपाली , रहेका छन । यस्तै विभिन्न विभाग अन्र्तगत महिला बिभाग प्रमुखमा सृजना नेपाली , खेलकुद बिभाग प्रमुखमा नवीन के सि , संगठन विभाग प्रमुखमा राम अधिकारी , अनुसासन विभाग प्रमुखमा सागर देबकोटा चयन भएका छन ।

रविन वलीको अध्यक्षता तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य विनोद शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा अनेरास्ववियु दाङ इन्चार्ज बिरवल खड्का , सह इन्चार्ज प्रकाश शर्मा, वडा नं ६ का बडा अध्यक्ष बर्षात भण्डारी लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण रबिन्द्र डागिले गर्नु भएको थियो ।

तपाईंको प्रतिक्रिया