राेल्पाका यी द्वन्द्वपीडित शिक्षककाे भयो पदस्थापन

 साउन २३, २०७९

काठमाडौं : शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाले द्वन्द्वपीडित शिक्षकहरुलाई पुनर्बहाली तथा पदस्थापन गरेको छ।

समन्वय इकाइले सोमबार जारी गरेको सूचनामा १५ जना द्वन्द्वपीडित शिक्षकको पुनर्बहाली भएको जनाएकाे छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय शाखा, भक्तपुरले पुनर्बहालीको लागि पत्र पठाएको थियो। उक्त पत्र र समन्वय इकाइ रोल्पाको साउन २२ गतेको निर्णय अनुसार शिक्षकको पुनर्बहाली गरेको समन्वय इकाइ रोल्पाले सूचनामार्फत जानकारी दिएको छ।

तपाईंको प्रतिक्रिया