विद्यार्थीलाई उद्यमशिलता सिकाउदै ‘ग्रीन फाउण्डेसन’

 साउन २३, २०७९

सम्झना नेपाली,तुलसीपुर सधैजससो आफ्नो पढाईमा ब्यस्त हुने विद्यार्थीहरु सोमवार हलमा खचाखच भरिएका थिए । कोहि उद्यमशिलता के हो ? भनेर प्रश्न गर्दै थिए । कोहि भने उद्यमबाट सफल कसरी बन्न सकिन्छ ? भनेर प्रश्न गर्दै थिए । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ उरहरीमा रहेको अमर माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यार्थीले यी प्रश्नको जवाफ चाहेका थिए । ग्रीन फाउण्डेसन नेपालको आयोजनामा एक दिने उद्यमशिलता अभिमुखीकरण तथा संवाद कार्यक्रमले उनिहरुलाई यस्ता प्रश्न सोध्ने मौका जुराएको थियो ।

कृषि पशु विज्ञानमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरि आयोजना गरिएको कार्यक्रममा विद्यार्थीले पढाई सगैं उद्यमी कसरी बन्न सकिन्छ ? भन्ने बारेमा चर्चा गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीका जिज्ञासाको जवाफ दिदै ग्रीन फाउण्डेसनका जिल्ला सचिव शुरेस रावतले इच्छाशक्ति भए उद्यमी बन्न कुनै समस्या नरहेको बताएका थिए । उद्यमशिलताबाट नै आर्थिक रुपमा सबल बन्न सकिने हुदा हरेक सानोे ठुलो भन्दा पनि निरन्तरता हुनुपर्ने बताएका थिए ।
अहिलेको युवा शक्तिमा अरु देश प्रतिको आकर्षण बढेकोले स्वदेशमै गर्न सक्ने थुप्र्रै सम्भावना भएकोले उद्यमी बन्छु भन्ने विचारलाई आत्मसाथ गरि अघि बढे सफल भईने बताएका थिए ।

कार्यक्रममा युवा उद्यमी दिपक काफ्लेले सकारात्मक विचारबाट नै सफलता मिल्ने बताएका थिए । युवाहरुले अबसर पाए गर्न सक्छन भन्ने उदाहरण प्रशस्त उदाहरण रहेको हुदा निराशाजनक सोचनै प्रगतीको बाधक बन्ने उनले बताएका थिए । कार्यक्रममा उद्यमशिलता, बजार, चुनौती र अबसरका बारेमा बृहत छलफल गरिएको थियो ।

ग्रीन फाउण्डेसनका जिल्ला सदस्य गिरभान केसीको अध्यक्षता तथा वडाध्यक्ष मानबहादुर रावतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । शिक्षक निर्मल कुमार वली लगायतले बोलेको कार्यक्रमको सहजिकरण दिपक परियारले गरेका थिए ।

तपाईंको प्रतिक्रिया