विद्यालय कर्मचारीको तलव नबढेकोमा महासंघको आपत्ती

 साउन २३, २०७९

तुलसीपुर । विद्यालय कर्मचारीको तलव बृद्धि गर्नका लागी शिक्षक महासंघले माग गरेको छ । सरकारले २०७९ साउन देखी लागु हुने गरि तलव बृद्धि गरेपनि विद्यालय कर्मचारी माथि विभेद गरेको भन्दै यस्तो माग गरेको जनाएको छ ।

आज अध्यक्ष कमला तुलाधर र महा सचिव लक्ष्मी किशोर घिमिरेद्धारा जारी विज्ञप्तीमा न्युन तलवमा काम गर्दै आएका कर्मचारी माथि फेरी अन्याय भएको ठहर गरेको छ । साथै बजेट कार्यान्वयन पुस्तीका संसोधन गरि अन्य पेशाकर्मीको जसरी तल तलव बृद्धि गर्न माग गरिएको छ । अन्यथा यसबाट हुने गम्भीरपरीणाम बारे मन्त्रालय आफै जिम्मेवार हुनुपर्ने उल्लेख गरिएको छ ।

सरकारले सबै तहका कर्मचारीको तलव बृद्धी गरेपनि विद्यालय कर्मचारीलाई बेवास्ता गरेका कारण कर्मचारी परीषद् आन्दोलीत बनेको छ । परीषद्ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई आन्दोलनको कार्यक्रमको बारे जानकारी समेत गराईसकेको छ ।

तपाईंको प्रतिक्रिया